सप्तकोसीमा पुरुष र महिलाको शव फेला, पहिचान खुलेन

सप्तकोसीमा पुरुष र महिलाको शव फेला, पहिचान खुलेन

धरान : सुनसरीको बराहक्षेत्र नगरपालिकाको सप्तकोसी नदी किनारामा एक महिला र एक पुरुषको शव भेटिएको छ । सप्तकोसीमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको प्रहरी निरीक्षक विकास राइले जानकारी दिए।

उनका अनुसार इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी परिचालन गरि शवको परीक्षणका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाइको छ । उनले महिलाको शव बराहक्षेत्र- ९ मा र पुरुषको शव बराहक्षेत्र- १ को सप्तकोशी किनारामा भेटिएको बताए । 

महिलाको शव सडेगलेको अवस्था फेला पारिएको प्रहरी निरीक्षक राईले बताए । पुरुषको शव भने आफन्तले चिन्न सक्ने अवस्थामा रहेको उनको भनाइ छ। null

महिला र पुरुषको शवको पहिचान नखुलेकाले कोशी प्रदेशभरीका प्रहरी कार्यालयहरूमा जानकारीका लागि पत्राचार गरिएको छ । प्रहरीले घरबाट कोही बेपत्ता भएको भए बीपी प्रतिष्ठान धरानमा आएर शवको पहिचान गरी सहयोग पुर्‍याउन प्रहरीले अनुरोध गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.