घुसखोरी आरोपपछि अडानीको व्यापारमा ठूलो क्षति

घुसखोरी आरोपपछि अडानीको व्यापारमा ठूलो क्षति

नयाँ दिल्ली : भारतीय अर्बपति गौतम अडानीले आफ्नो विश्वव्यापी ऊर्जा र पूर्वाधार साम्राज्य विस्तार गर्ने तीव्र प्रयासलाई अमेरिकी घुसखोरीको आरोपले धक्का दिएको छ।

कैयौं बहुराष्ट्रिय कम्पनीका मालिक तथा अडानी समूहका अध्यक्षसमेत रहेका अडानीले र उनको समूहलाई आरोपले क्षणिक रूपमा क्षति पुर्‍याएको र आर्थिक पुनरागमन गर्न लामो समय नलाग्ने विश्लेषकहरूले बताएका छन्।

अडानी र उनका सहयोगीहरूले आकर्षक सरकारी सम्झौताका लागि २५ करोड अमेरिकी डलरभन्दा बढी घुस दिएको दाबी गर्दै न्युयोर्कमा बुधबार भएको दोषारोपणले उनको कम्पनीको स्टकको उत्साहपूर्ण बिक्रीलाई प्रभावित पारेको छ। न्युयोर्कमा घुस दिएको दाबी गरिएको केही घण्टाभित्रै भारतका विपक्षी नेता राहुल गान्धीले अडानीलाई पक्राउ गर्न माग गरेका थिए। आरोपपछि केन्याका राष्ट्रपति विलियम रुटोले करिब २.५ अर्ब अमेरिकी डलर बराबरको विमानस्थल र बिजुली सम्झौता रद्द गरेको घोषणा गरेका छन्।

अडानी समूहले घुसखोरीको आरोपलाई ‘आधारहीन’ भन्दै खारेज गरेको छ, तर ‘कर्पोरेट गभर्नेन्स एडभाइजरी फर्म इनगभर्न रिसर्च सर्भिसेज’का संस्थापक श्रीराम सुब्रमण्यमले भने यसको ‘ठूलो’ प्रभाव रहेको बताएका छन्। सुब्रमण्यनले बैङ्लोरबाट एएफपीसँग भने, ‘उनीहरूले अपिल गरेर आफ्नो रक्षा गर्नेछन् वा नयाँ सम्झौताका लागि जानेछन्। यो आफूहरूको प्रतिष्ठा र कर्पोरेट गभर्नेन्स अभ्यासका लागि ठूलो धक्का हो।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.