भारतीय सेना प्रमुख द्विवेदीले गरे पोखरा भ्रमण

भारतीय सेना प्रमुख द्विवेदीले गरे पोखरा भ्रमण

काठमाडौं : भारतीय सेना प्रमुख जनरल उपेन्द्र द्विवेदीले पोखराको भ्रमण गरेका छन्। पोखरा भ्रमणका क्रममा उनले वीरता पुरस्कार विजेताहरूलाई सम्मानसमेत गरे।

भारतीय दूतावासका अनुसार उनले पोखरास्थित पेन्सन भुक्तानी कार्यालयको मैदानमा भेला भएका भूतपूर्व गोर्खा सैनिकको ठूलो र्‍यालीलाई सम्बोधन गरेका थिए। जनरल द्विवेदी र सेना पत्नी कल्याण संघ (भारतीय सेना) की अध्यक्ष सुनीता द्विवेदीले सहभागीहरूसँग अन्तर्क्रिया गरेका थिए।

गोर्खा सैनिकहरूको बहादुरीको प्रशंसा गर्दै उनीहरूको साहस र राष्ट्रप्रति समर्पित सेवालाई द्विवेदीले सलाम गरेका थिए। जनरल द्विवेदीले पोखरास्थित नेपाली सेनाको पश्चिम पृतना हेडक्वाटरको पनि भ्रमण गरेका थिए। त्यसक्रममा उनले पृतनापति उपरथी सन्तोष बल्लभ पौड्याल र त्यहाँ स्टाफ अफिसरहरूसँग अन्तरक्रिया गरेका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.