धितोपत्र बोर्डको अध्यक्षका दावेदारहरूको सकियो अन्तरवार्ता

धितोपत्र बोर्डको अध्यक्षका दावेदारहरूको सकियो अन्तरवार्ता

काठमाडौं : नेपाल धितोपत्र बोर्ड अध्यक्ष चयनका लागि आज दुईजनाको अन्तरवार्ता सकिएको छ।  आवेदन दिएकामध्ये कृष्ण कार्की र डा.नवराज अधिकारीको अन्तरवार्ता  र प्रस्तुतिकरण भएको हो। अन्तरवार्तामा अर्का उम्मेदवार चिरिञ्जिवी चापागाईं भने अनुपस्थित भए।

आवेदकहरू सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको यसअघि नै अन्तरवार्ता भइसकेको थियो। बोर्ड अध्यक्षका लागि पाँचजनाले आवेदन दिएकोमा चारजनाको अन्तर्वाता र प्रस्तुतिकरण सकिएको छ भने एकजनाको अनुपस्थित भएका छन्। यी पाँचजनालाई सिफारिस समितिले अन्तरवार्ताका लागि छनौट गरेको  थियो।

सरकारले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो।

आइतबार बिहान ८ बजेदेखि अर्थमन्त्रालयमा अन्तरवार्ता भएको थियो। गत पुसदेखि धितोपत्र बोर्ड अध्यक्षविहीन छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.