१३ अंकले घट्यो सेयर बजार , ७ अर्ब ७२ करोडको कारोबार
काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १३.०३ अंकले घटेर २६६७.४० बिन्दुमा अडिएको छ। सेन्सेटिभ इण्डेक्स ०.३७ प्रतिशतले घटेर ४७१.२० विन्दुमा पुगेको छ।
यसदिन ३२२ स्क्रिप्सको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता सेयर ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार २५० रुपैयाँमा खरदिबिक्री भए। यसदिन कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएन।
थ्री स्टार हाइड्रोपावर,नगदी ग्रुप र नविल डिवेन्चर २०८२ को सेयर ९ प्रतिशत बढिले बढ्यो। जानकी फाइनान्सको सेयर ८.०७ प्रतिशतले बढ्दा सिभिल बैंक डिवेन्चर २०८८ को ७.६९ प्रतिशतले बढ्यो।
कारोबार रकमका आधारमा जानकी फाइनान्स शीर्ष स्थानमा रह्यो। सो कम्पनीको ६० करोड मूल्य बढीको सेयर कारोबार भयो। यसैगरी एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्टको ४० करोड, नगदी ग्रुपको ३६ करोड,बेस्ट फाइनान्सको २३ करोड र रस्वागढी हाइड्रोपावरको १८ करोड मूल्य बराबरको सेयर कारोबार भयो।
कारोबारमा आएकामध्ये ५५ स्टक्सको मूल्य बढ्दा १८१ वटाको घट्यो। ८ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। आज दुईवटा समूहको उपसूचकबाहेक अन्यको उपसूचक नकारात्मक देखिएका छन्।
इन्भेस्टमेन्ट र मनु एण्ड प्रो समूहको उपसूचक क्रमश:०.०८ र ०.६८ प्रतिशतले बढ्दा अन्य समूहको घटेको हो।