होण्डा नेपालको चाडपर्व योजनाको विजेता घोषणा

होण्डा नेपालको चाडपर्व योजनाको विजेता घोषणा

काठमाडौं : होण्डा नेपालको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होण्डाको खुशियाली बारबार’ अन्तर्गत एक भाग्यशाली ग्राहकले १० लाख रुपैयाँ पुरस्कार जितेका छन्। दशैं, तिहार र छठपर्वको रौनक मनाउन सुरु गरिएको यस योजनालाई नेपालभरका ग्राहकहरूले अत्यन्त मन पराएका थिए।

यस योजनाअन्तर्गत यो चाडपर्वको समयमा होण्डाको बाइक र स्कुटर खरिद गर्ने ग्राहकहरूले प्रत्येक खरिदमा १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्न सक्ने अवसरबाट ६ जना भाग्यशाली ग्राहकहरूले पहिले नै १ लाख रुपैयाँ जितेका छन्। कपिलवस्तु शुद्धोधन–१ का इरफान अहमद मुसलमानले सिद्धि विनायक अटो इन्टरनेशनल प्रालि भैरहवाबाट सिबि साइन डिएसएस खरिद गर्दा १० लाख रुपैयाँको मुख्य पुरस्कार जितेका हुन्। विजेतालाई स्क्रयाच कार्डमार्फत छनोट गरिएको हो।

अहमदले पुरस्कार जितेको र यो चाडपर्वको समय खुशी र एकतामा आधारित रहेको भन्दै यसलाई हामी हाम्रा ग्राहकहरूमाझ संगसगै मनाउन पाउँदा होण्डा नेपालले गर्व महसुस गरेको बताएको छ। होण्डा नेपालले ग्राहकहरूलाई रोमाञ्चक नगद पुरस्कार जित्न धेरै अवसरहरू दिन पाएकोमा खुशी व्यक्त गरेको छ। यस योजनाले होण्डा नेपाललाई ग्राहकहरूसँग अझ नजिक बनायो र यसका लागि सम्पूर्ण होण्डा प्रेमी ग्राहकहरू प्रति हामी अत्यन्तै आभारी रहेको जनाएको छ।

अहमदले जितेको ठूलो धनराशीको पुरस्कार देखेर र उनीसँग खुशियालीमा सहभागी हुन पाउँदा निकै उत्साहित भएको जनाएका छन्। होन्डा नेपालले चाडबाडको रमाइलो बढाउँदै होण्डा बाइक र स्कुटर घर ल्याएर यस उत्सवमा खुशियाली थप्ने ग्राहकलाई धन्यवाद दिएको छ। साथै आगामी दिनहरूमा पनि होण्डाले यस्ता धेरै योजनाहरू ल्याउने प्रतिज्ञा दिदै हाम्रो शोरुमहरूमा आउन प्रोत्साहन गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.