शिक्षा पद्धतिलाई व्यवहारिक र सदाचारी बनाइनुपर्छ : पर्यटनमन्त्री

शिक्षा पद्धतिलाई व्यवहारिक र सदाचारी बनाइनुपर्छ : पर्यटनमन्त्री

भक्तपुर : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले बुद्धले दिएको ज्ञानलाई आफ्नो जीवनपद्धतिमा अनुशरण गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन्। आइतबार सम्पन्न बुद्ध दर्शनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘धम्म डिस्कसन’मा बोल्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले शान्तिका लागि बुद्धको ज्ञान अनुशरण आवश्यक रहेको औंल्याए।

‘बुद्ध नेपालमा जन्मेकोमा गर्व गर्नुभन्दा पनि बुद्धको ज्ञानलाई आफ्नो जीवनमा अनुशरण नगर्ने हो भने त्यो गर्व गरेको कुनै अर्थ छैन ,'उनले भने। देशको वर्तमान शिक्षा पद्धतिलाई सैद्धान्तिकभन्दा व्यवहारिक र सदाचारी बनाउनुपर्ने आवश्यकता औल्याउँदै मन्त्री पाण्डेले शिक्षा पद्धति आध्यात्मिक र व्यक्तिको चेतनास्तर बढाउने किसिमको हुनुपर्नेमा जोड दिए।

विभिन्न देशका बुद्ध धर्मका आध्येताहरूलाई नेपालको धर्म संस्कृति र प्रकृतिको अध्ययनका लागि आउन आग्रह गर्दै मन्त्री पाण्डेले लुम्बिनीको भ्रमणका लागि भैरहवा विमानस्थलले सहजता प्रदान गर्ने समेत विश्वास दिलाए । बुद्ध नेपालमा जन्मिए पनि बुद्धको सन्देश विश्वभरि फैलाउन योगदान गरेकोमा बुद्ध धर्मको व्याख्याता आचार्य सुजिनलगायतको समूहलाई धन्यवाद व्यक्त गरे।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै कोटेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष एवं पूर्वपराराष्ट्र मन्त्री एवम् राजदूत महेन्द्रबहादुर पाण्डेले अहिले पनि कतै तेस्रो विश्वयुद्ध त हुँदैन ? भन्ने त्रास रहेको बेला बुद्ध जन्मेको देशका मानिस र बुद्ध धर्मलाई जीवनमा अनुशरण गरिरहेका देशका विद्वानहरू एक थलोमा बसेर छलफल गरेर शान्तिको सन्देश दिनु महत्वपूर्ण भएको बताए।

सम्मेलनमा थाइल्याण्डबाट आएकी ९८ वर्षीय आचार्य सुजिनले भगवान बुद्धलाई कसरी चिन्ने ? भन्ने विषयमा प्रवचन दिएका थिए। डिस्कसन विद् आचार्य सुजिन ’ नामक सम्मेलनमा बुद्ध धर्मका  विद्वान , अनुसन्धानकर्ता, प्रचारक, अध्यापक गरि थाइल्याण्ड सहित विभिन्न देशबाट ६० जना सहभागी मध्ये नेपालबाट ४ सय भन्दा बढीको सहभागिता रहेको थियो ।। 

कार्यक्रममा विश्व विद्यालय अनुदान आयोगका प्रा.डा.बाशुदव काफ्ले,पूर्वउपकुलपति प्रा.डा.उपेन्द्र कोइराला, प्रा. डा. दयाराम श्रेष्ठलगायत सहभागी थिए।

null
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.