धरहरामा विद्यार्थी, ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट, खुला भएसँगै चढ्नेको घुइँचो

धरहरामा विद्यार्थी, ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट, खुला भएसँगै चढ्नेको घुइँचो

काठमाडौं : काठमाडौंको सुन्धारामा रहेको धरहरा आइतबारबाट स:शुल्क खुला गरिएको छ। केहि समयअघि नि:शुल्क रुपमा धरहरा चढ्न सक्ने व्यवस्था भएपनि आइतबारबाट सशुल्क रुपमा धरहरा चढ्ने व्यवस्था गरिएको हो।null

धरहरा चढ्न प्रतिव्यक्ति २ सय रुपैयाँ शुल्क निर्धारण गरिएको छ। विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिले ५० प्रतिशत छुट पाउने छन्। सार्क मुलुकका नागरिकलाई ५ सय, सार्क मुलुकबाहेक अन्य मुलुकका नागरिकलाई १ हजार रुपैयाँ शुल्क तोकिएको छ भने धरहरा परिसरमा मात्रै प्रवेश गर्नका लागि ५० रुपैयाँ तोकिएको छ। धरहरा पुन खुला भएसँगै टिकट काटेर धरहरा चढ्नेको घुइँचो लागेको छ।null

धरहरा हेर्न पुगेका सर्वसाधारणहरुले नयाँ बनेको धरहरा चढ्न सहज भएको भन्दै खुसी व्यक्त गरेका थिए। त्यस्तै केहिले टिकट व्यवस्थापनलाई सहज गर्न र टिकट दर घटाउन सुझाव दिएका थिए। भूकम्पपछि निर्माण गरिएको धरहरा गत असोज ३ गते संविधान दिवसको दिनबाट खुला गरिएको थियो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.