राष्ट्रिय गौरवका आयोजनाबारे सिंहदरबारमा छलफल जारी

राष्ट्रिय गौरवका आयोजनाबारे सिंहदरबारमा छलफल जारी

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरवका आयोजनाहरूको ब्रिफिङ लिएका छन् । राष्ट्रिय गौरवका आयोजनाहरूको अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अहिले छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

सरकार,मन्त्रालय र आयोजनाले निर्धारित काम तोकिएको समयमा पूरा नगर्दा आयोजनाको लागत बढ्दै जाने भएको भन्दै प्रधानमन्त्री ओलीले चासो लिएका हुन्। हाल सञ्चालनमा रहेका राष्ट्रिय गौरवका आयोजनाको प्रगति र आयोजना सञ्चालनका क्रममा आएको चुनौतीको विषयमा आयोजना प्रमुख र सरोकारवालासँग प्रधानमन्त्रीले ब्रिफिङ लिएको सचिवालयले जनाएको छ।

सडक, जलविद्युत, सुरुङमार्गहरु लगायतका ठूला योजनाहरू राष्ट्रिय गौरवका आयोजनामा राखिएको भएपनि पछिल्लो समय आयोजनाहरुको प्रगति सन्तोषजनक छैन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.