भूमिगत सिँचाइ निर्माण सुरु

भूमिगत सिँचाइ निर्माण सुरु

नुवाकोट : नुवाकोटका विभिन्न टारहरूमा भूमिगत सिँचाइ निर्माण सुरु गरिएको छ। विदुर नगरपालिकाको वडा नं. ९, १० तथा पञ्चकन्या गाउँपालिका-१ मा चार थान भूमिगत सिँचाइको निर्माण कार्य सुरु भएको छ। यसबाट चार स्थानको आठ हजार रोपनीमा सिँचाइ पुग्ने जनाइएको छ। 

किसानको सुविधाका लागि प्राविधिक टोलीले अध्ययन गरेर  भूमिगत सिँचाइको निर्माण कार्य सुरु गरिएको हो। तलबाट नदी निरन्तर बगिरहेको र माथितर्फ खेतीयोग्य भूमि सिँचाइको अभावमा किसानहरूलाई समस्या परिरहेका कारण किसानको सुविधाका लागि नुवाकोटको सुक्खाटारहरूमा जनप्रतिनिधि र प्राविधिक सहितको टोलीले स्थलगत निरीक्षण अध्ययन गरेसँगै शिलान्यास गरेर निर्माण सुरु भएको हो। 

विदुर नपा १० गेर्खुमा भूमिगत सिँचाइ योजनाको बागमती प्रदेश सभा सदस्य रमेशकुमार महतले शिलान्यास गरे। उनले यसबाट किसानहरूलाई तरकारी तथा अन्य वाली उत्पादन गर्न सहज हुने बताए। निर्माण कार्यमा गुणस्तर गर्न निर्देशन दिँदै महतले नुवाकोटको सुक्खाटारहरू जहाँ तल नदी बगिरहने माथि सुक्खा जमिनहरू रहने अवस्थाको अन्त्य गर्ने कार्य अन्तर्गत भूमिगत सिँचाइको निर्माण कार्य सुरु गरिएको बताए। सो आयोजनाको हाल पहिलो चरणको कार्य भइरहेको छ। 

एकसय दुई मिटर गहिराइमा खनेर भूमिगत रुपमा पानी निकालेर सिँचाइ गरिने योजना रहेको विदुर नपाका मेयर राजन श्रेष्ठले बताए। उनले किसानहरूलाई नमूना कृषि कार्यक्रममा समावेश गरेर उक्त कार्य सुरु गरिएको बताए। उक्त कार्यका लागि जमिनमा भूमिगत एक मिटर खनेको ११ हजार रुपैया खर्च लागेको छ। संघीय उर्जा तथा सिँचाइ मन्त्रालयमार्फत सो कार्य गरिएको हो। 

नुवाकोट विदुर न.पा. वडा नं.  –१० गेर्खुटारमा गेर्खुटार सिँचाइ योजनाको आजबाट  काम शुरु। यस पछि विदुर ९ मा पनि काम शुरु हुने। विदुर ९ को कोलोनी, १० को गेर्खुटार र पञ्चकन्या १ आँपचौरमा दुई वटा भूमिगत सिँचाइ योजनाहरू एकैसाथ निर्माण भइरहेका छन्। खेतीयोग्य उर्वर भूमि जहाँ सिँचाइ सुविधाको अभावले खेती लगाउन समस्या भोगिरहेका किसानको आत्मनिर्भरताका लागि एकीकृत नदी बेसिन सिँचाइ तथा जलस्रोत व्यवस्थापन कार्यक्रम, जलस्रोत तथा सिँचाइ विभाग’को प्राविधिक टोलीबाट डिप बोरिङ निर्माणको काम सन्चालन गरिएको हो। 

चालु आर्थिक वर्ष भित्रै थप दोस्रो चरणमा सिँचाइ नहर, ट्यांकी र तेस्रो चरणमा किसानको खेतबारीसम्म पानी पुर्‍याउने लक्ष्य अनुसार  आवश्यक पाइप लाइन, सिँचाइ कुलो, रिजर्भ ट्याङ्की लगायतको कार्यहरू पनि सम्पन्न गरिने जनाइएको छ । किसानलाई आत्मनिर्भर बनाउने उद्देश्यले नुवाकोटका विभिन्न टारहरूमा सिँचाइ सुविधाका लागि भूमिगत सिँचाइ निर्माण कार्य गरिएको हो। 

विदुर नपाको गेर्खुटार र कोलोनी, पञ्चकन्याको आँपचौरमा प्राविधिक सहितको टोलीले सिँचाइका लागि निर्माण कार्य सुरु गरेको हो।  ति स्थानहरूमा लिफ्ट प्रविधिको सिँचाइ योजनाका लागि प्राविधिक टोलीसहित स्थलगत सर्वेक्षण सम्पन्न गरिएसँगै निर्माण सुरु भएको हो।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.