मुक्तिनाथ मन्दिरमा आधा केजी सुन र चाँदीको सामग्री दान
जोमसोम : प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथ मन्दिरमा एक भारतीय भक्तजनले लाखौँ मूल्य बराबरको बहुमूल्य सुनचाँदीबाट बनेको सामाग्री भेटी दान गरेका छन्।
भारतको गोवाबाट मुक्तिनाथ दर्शनका लागि आएका भारतीय भक्तजन विश्व जीत प्रताप राठोले आइतबार सुनचाँदीबाट बनेको अलग/अलग सामग्री मुक्तिनाथमा चढाएका हुन्।
प्रमुख जिल्ला अधिकारी भुसालका अनुसार भारतीय भक्तजन राठोले मुक्तिनाथमा सुनबाट बनेको २ थान कमलको फूल र चाँदीले बनेको एक थान शिवलिङ्ग सामाग्री मुक्तिनाथमा चढाएको बताए। सुन र चाँदीले बनेको अलग अलग सामग्रीको मूल्य औसत ६८ लाख बराबर हुन आउने प्रजिअ भुसालले उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस !
५