चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गर्दै ओली

चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गर्दै ओली
तस्बिर : प्रधानमन्त्री सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणबारे पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गर्ने भएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बिहान ११ बजे हुने छलफलमा प्रधानमन्त्री ओलीले भ्रमणलाई उपलब्धीमूलक बनाउने तयारीस्वरुप पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गर्न लागेको उनको सचिवालयले जनाएको छ। 

ओलीले भ्रमणमा उठाउनुपर्ने एजेण्डाका विषयमा पनि सुझाव लिनेछन्। चीनको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली आगामी मंसिर १७ गते चीनको राजधानी बेइजिङ जान लागेका हुन्। प्रधानमन्त्री ओलीको चीन भ्रमणमा बीआरआई, नेपाल-चीनबीच भएका यस अगाडिका सम्झौता र कार्यान्वयन र चलिरहेका परियोजना, दुई देशबीचको सम्बन्ध लगायतका विषयमा पनि छलफल हुने स्रोतको दाबी छ। सांसदहरुले बीआरआईअन्तर्गत ऋण लिन हुने र नहुने दुई थरी मत राख्दै आएका छन्।  

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको चिनियाँ ऋण मिनाहाको प्रस्तावलाई पनि जोड दिने सरकारले तयारी गरेको छ। यस अगाडि गत भदौमा अर्थ मन्त्रालयले चीन अन्तर्राष्ट्रिय विकास सहयोग निकायका उपाध्यक्ष याङ वेइकुनमार्फत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा परिणत गर्न चिनियाँ पक्षलाई आग्रह गरेको थियो। 

वेइकुन र नेपालका लागि चिनियाँ राजदूत छन् सोङसहितका चिनियाँ टोलीसँगको भेटमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चीन नेपालको असल छिमेकी भएको र नेपालको अर्थतन्त्रको अवस्थालाई विशेष ध्यान दिँदै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा लिइएको ऋणलाई अनुदानमा बदल्न आग्रह गरेका थिए। उक्त विषय प्रधानमन्त्री ओलीको भ्रमणमा पनि प्रस्ताव रहने स्रोतको दाबी छ। 

प्रधानमन्त्री ओलीको चीन भ्रमण तय भएसँगै तयारीका लागि परराष्ट्रमन्त्री आरजु राणा देउवा मंसिर १३ मा बेइजिङ जाने भएकी छन्। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा उठाइने विषयका बारेमा सरकारले आन्तरिक छलफल गरिरहेको छ। परराष्ट्रमन्त्रीले प्रधानमन्त्री ओली बेइजिङ पुग्नुअघि समकक्षी वाङ यीलगायत चिनियाँ उच्च अधिकारीहरूसँग द्विपक्षीय बैठकमा उठाउने विषयका बारेमा छलफल गर्ने परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। 

नेपाल चीनको बहुआयामिक सम्बन्धलाई महत्त्वका साथ अघि बढाउन रणनीतिक साझेदारीको दिशामा अग्रसर हुनुपर्ने सरोकारवालाले बताउँदै आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.