८ एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ध्रुवराज राउत

८ एसएसपीलाई डीआइजीमा बढुवा सिफारिस, पहिलो नम्बरमा ध्रुवराज राउत
सांकेतिक तस्बिर ।

काठमाडौं : नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआइजी)मा बढुवाका लागि सिफारिस भएका छन्।

आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले नेपाल प्रहरीको जनपद प्रहरी तर्फका ८ जना एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरिएको प्रहरी अतिरिक्त महानिरीक्षक एवम्  बढुवा समितिका सदस्य-सचिव टेक प्रसाद राईले जानकारी दिए।

उनका अनुसार एसएसपी ध्रुवराज राउत, भोलाबहादुर राउत, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशिलसिंह राठौर, उमाप्रसाद चतुरबेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक डिआइजी बढुवामा सिफारिस भएका हुन्। उनीहरुको बढुवा आगामी मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि हुनेछ।

सूचनामा भनिएको छ, ‘नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फ रिक्त प्रहरी नायव महानिरीक्षक पद संख्या ८ (आठ) मा बढुवा गर्न २०८१।०८।०९ गते बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार देहाय बमोजिमको जनपद प्रहरी समूहतर्फको प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई सोही समूहतर्फको प्रहरी नायव महानिरीक्षक पदमा बढुवाका लागि गरिएको सिफारिस सूची नियमावली,२०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको छ।’ 

 null


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.