कारको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

कारको ठक्करबाट एक जनाको मृत्यु, तीन घाइते

उदयपुर : उदयपुरको चौदण्डीगढी नगरपालिका - ९ भीमामा कारको ठक्करबाट एक जनाको मृत्यु भएको छ। मदन भण्डारी लोकमार्ग हुँदै गाइघाटबाट बेल्टारतर्फ जाँदै गरेको प्रदेश १-०४. ००१ च १३८६ नम्बरको कारले ठक्कर दिँदा स्थानीय ४५ वर्षीया कमलादेवी चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजन चापागाईंले जानकारी दिए।

दुर्घटनामा चालकसहित तीन जना घाइते भएका छन्। दुर्घटनामा स्थानीय २७ वर्षीया पनावती चौधरी, चालक सप्तरीको फत्तेपुर निवासी अमर दियाली र कारमा सवारत सावन खाती घाइते भएको उनले जानकारी दिए। घाइतेको अवस्था सामान्य रहेकाले नगर अस्पताल बेल्टारमा उपचार भइरहेको छ।

 घुमाउरो सडकमा तिव्र गतिमा आएको कार अनियन्त्रित भइ रुखमा ठोक्किँएर कार उछिटिदा सडक छेउको फलैचामा बसेका उनीहरूलाई ठक्कर दिएको डिएसपी चौलागाइले बताए। घटना लगत्तै स्थानीयले उद्धार गरि चौधरीलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको उनले बताए।  घटनाको थप अुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.