काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल) को ट्रफी अनावरण गरेका छन्। सोमबार बिहान धरहराबाट प्रधानमन्त्री ओलीले एनपीएलको ट्रफिको अनावरण गरेका हुन्।
कार्यक्रममा ओलीले ऐतिहासिकस्थल धरहराबाट अनावरणले खेलकुदमा जागर पैदा गराएको बताए। उनले भने,'एनपीएलले धरहराले इतिहास र संस्कृतिलाई सघाउँछ। र एनपीएलले आगामी पुस्तालाई प्रेरणा जगाउँछ।' ओलीले क्रिकेट युवा पुस्ताकोको गौरव बनेको धारणा राखे।
कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले एनपीएलको ट्रफीको मुख्य आकर्षण सगरमाथाको आधार शिविर कालापत्थरको ढुंगा रहेको जानकारी दिए । उनले यो ट्रफीमात्र नभई विश्वलाई हिमाल संरक्षण गर्ने सन्देश समेत दिएको बताए।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग मंसिर १५ देखि पुस ६ गतेसम्म काठमाडौंमा हुँदैछ। एनपीएलका ८ फ्रेन्चाइच टोलीमा काठमाडौं गुर्खाज, विराटनगर किङ्ग, जनकपुर बोल्ट, चितवन राइनोज, पोखरा एभेन्जर्स, लुम्बिनी लायन्स, कर्णाली याक्स र सुदूरपश्चिम रोयल्स एनपीएलमा सहभागी रहने भएका छन् । एनपीएलको प्रत्यक्ष प्रसारण भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुनेछ।