नेपाल- कोरिया मैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास

नेपाल- कोरिया मैत्री नगरपालिका अस्पताल भवनको शिलान्यास

काठमाडौं : भक्तपुरको मध्यपुर थिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको सुविधा सम्पन्न नयाँ भवन निर्माण हुने भएको छ । नयाँ भवन निर्माणको सोमबार भक्तपुरमा आयोजित एक कार्यक्रमकाबीच उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले शिलान्यास गरेका हुन्।

सो क्रममा सिंहले स्वास्थ्य सेवा विस्तार गर्नका लागि निर्माण हुन लागेको नयाँ भवनमा समयमा नै सम्पन्न गर्नुपर्ने बताए । उनले रोग लागिसकेपछि थप मानसिक पीडा समेत हुने भएकाले रोग लाग्नुअघि नै सजक हुनुपर्ने धारणा राखे।

सिंहले अस्पतालमा सञ्चालन हुने सेवाको माध्यमबाट नेपाल र कोरियाबीचको सम्बन्धलाई अझ अगाडि बढाउने र नागरिकले पनि सहज रुपमा सेवा पाउने विश्वास व्यक्त गरे।  त्यस्तै मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरवासीलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन नयाँ भवन निर्माण गर्न लागेको जानकारी दिए ।

उनले वार्षिक रुपमा १ लाखलाई सेवा प्रदान गर्दै आएकोमा गत वर्ष करिब दुई लाखलाई उपचार सेवा उपलब्ध गराएको बताए । त्यस्तै अन्य विभिन्न अस्पतालसँग पनि सहकार्य गर्दै सेवा प्रभाव हुँदै आएको उनले बताए।
दक्षिण कोरियाको १ अर्ब २८ करोडको सहयोगमा सुविधासम्पन्न नयाँ भवन निर्माण हुन लागेको नगरपालिकाले जनाएको छ । भवन दुई वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.