देश विकासको पक्षमा काम गर्न प्रधानमन्त्रीलाई  सुझाव

बीआरआई स्वीकारौं,राष्ट्रको हितविपरीत छैन : माधव नेपाल

बीआरआई स्वीकारौं,राष्ट्रको हितविपरीत छैन : माधव नेपाल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले चीन भ्रमणका क्रममा देशको हित र विकासका पक्षमा काम गर्न सुझाव दिएका छन्।  सोमबार बिहान सिंहदरबारमा पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँगको छलफलपछि उनले देशको हित र विकासको पक्षमा छलफल गर्न सुझाव दिएको बताएका हुन्।

उनले भने,'देशको हितमा ध्यानमा राखेर  छिमेकीहरूका मनमा कुनै किसिमका शंका छन् भने, प्रश्नहरू छन् भने, त्यसलाई ध्यानमा राखेर उहाँहरूको संवेदनशीलतालाई पनि बुझ्नुपर्छ। तर, विश्वास के गर्नुपर्छ भने नेपाल असंलग्न परराष्ट्र नीतिमा उभिन्छ। कुनै पनि छिमेकी मुलुकका विरुद्धमा नेपालको भूमि प्रयोग गर्न दिइँदैन। यस अर्थमा हामी संसारका सबै देशहरुसँग मित्रतापूर्ण सम्बन्ध राख्न चाहन्छौं। नेपाल एउटा शान्ति भूमि हो। यो शान्ति भूमि हो भन्ने कुरा ध्यानमा राखेर सबैसँग सुमधुर सम्बन्ध राख्न चाहन्छौं।'

उनले बीआरआई परियोजना राष्ट्रको हितमा रहेको भन्दै यसलाई स्वीकार गर्नुपर्ने बताए। 'बीआरआईको बारेमा स्वभाविक रुपमा स्वीकार गर्दै आएको हो। स्वीकार गरिन्छ। बीआरआई नेपालको हितको विरुद्धमा छैन। नेपालजस्तो देशले लाभ लिनुपर्छ। लाभ लिने कुरामा सबैसँग समधुर सम्बन्ध राखेका छौं। बीआरआईलाई अघि बढाउनुपर्छ।'

प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन्।  भ्रमणलाई उपलब्धीमूलक बनाउने तयारीस्वरुप प्रधानमन्त्री ओलीले पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग आज छलफल गरेका थिए।


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.