मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बेलुका ५ बजे सिंहदरबारस्थित प्रधानमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयमा बस्ने गरी बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा सरकारका नियमित कामकारवाहीबारे छलफल हुने जनाइएको छ। प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा उठाइने एजेण्डाको विषयमा पनि छलफल हुनेछ।
यसैगरी बैठकबाट केही नियुक्ति ,बढुवाका साथै अन्य निर्णय हुनसक्ने बताइएको छ।