म प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरू कार्यान्वयन हुनुपर्छ : प्रचण्ड

म प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरू कार्यान्वयन हुनुपर्छ : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गत वर्ष आफू प्रधानमन्त्री हुँदा चीनसँग भएका सम्झौताहरूको प्रभावकारी कार्यान्वयन हुनुपर्ने बताएका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका विषयमा गरेको अन्तर्क्रियामा अध्यक्ष दाहालले उक्त जोड दिएका हुन्।

त्यस्तै एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालको प्रधानमन्त्रीले कुनै देशको भ्रमण गर्दा कुनै एउटा देशबाट सुरु गर्नुपर्छ भन्ने पराम्परागत सोचलाई हटाउनुपर्ने बताए। उनले कुनै पनि देशको प्रधानमन्त्रीले देशको हितका लागि जुनसुकै देशबाट पनि भ्रमण सुरु गर्नसक्ने धारणा राखेको बताए। बिआरआइ परियोजना नेपालका लागि फाइदाजनक भएकाले यसलाई अघि बढाउन सुझाव दिएको उनले बताए।

त्यस्तै पूर्वपरराष्ट्रमन्त्री प्रकाशचन्द्र लोहनीले मुलुकको हित र स्वार्थका कुरालाई राम्रोसँग राख्न सके नेपाली जनताको समर्थन हुने सुझाव दिएको बताए। बीआरआई लगायतका परियोजना मुलुकको हितका आधारमात्र अघि बढाउने समेत सुझाव दिएको उनको भनाइ छ। 

त्यस्तै परराष्ट्रमन्त्री आरजु राणा देउवाले चीन भ्रमणका सवालमा सत्तारुढ दुई दलीय संयन्त्रबाट एजेण्डाका विषयमा गृहकार्य भइरहेको र प्रधानमन्त्री तहबाट चाँडै सबै एजेण्डालाई अन्तिम रुप दिने बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.