उपनिर्वाचन : काठमाडौं - १६ मा घरदैलो अभियानको रौनक
काठमाडौं : काठमाडौं महानगरपालिका - १६ मा हुन लागेको उपनिर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । उपनिर्वाचन आउन केहि दिनमात्र बाँकी रहँदा उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका हुन् ।
मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनअन्तर्गत काठमाडौं महानगरपालिका - १६ को वडाध्यक्ष पदमा मा कांग्रेस,एमाले, रास्वपालगायत १० स्वतन्त्रसहित १८ जना उम्मेदवार कायम भएको निर्वाचन आयोगले जनाएको छ ।
सो वडाका लागि कांग्रेसले देवेन्द्र पाठक, एमालेले लक्ष्मीरत्न मानन्धर र राष्ट्रिय स्वतन्त्र पार्टीले रोजिना श्रेष्ठलाई उम्मेदवार बनाएको छ ।
त्यस्तै सोहि वडामा राप्रपा, नेकपा एककिृत समाजवादी, राप्रपा नेपााल, जसपाका उम्मेदवार पनि चूनावी मैदानमा छन् । यसअघिका वडाध्यक्ष मुकुन्द रिजालको निधन भएपछि सो वडामा उपनिर्वाचन हुन लागेको हो ।