धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त

धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठ नियुक्त

काठमाडौं : सरकारले धितोपत्र बोर्डको अध्यक्षमा सन्तोष नारायण श्रेष्ठलाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले अन्नपूर्णलाई बताए।

अध्यक्ष नियुक्ति सिफारिसका लागि योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा समिति बनेको थियो। समितिले आइतबार श्रेष्ठसहित डा. नवराज अधिकारी र मुक्तिनाथ श्रेष्ठको नाम सिफारिस गरेको थियो। सोही सिफारिसको आधारमा मन्त्रिपरिषद् बैठकमा अर्थमन्त्री विष्णु पौडेलले प्रस्ताव पेस गरेका थिए। 

सोही आधारमा मन्त्रिपरिषद्ले उनीहरूमध्ये सन्तोष नारायण श्रेष्ठलाई धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेको हो। खिचातानीका कारण गत पुसदेखि धितोपत्र बोर्ड नेतृत्वविहीन थियो। सर्टलिस्टमा परेकाहरूको अन्तर्वार्तासमेत हिजो सकिएको थियो। 

आवेदन दिएकामध्ये कृष्ण कार्की र डा. नवराज अधिकारीको अन्तर्वार्ता र प्रस्तुतीकरण आइतबार भएको हो। अन्तर्वार्तामा अर्का उम्मेदवार चिरिञ्जिवी चापागाईं भने अनुपस्थित थिए। आवेदकहरू सन्तोष नारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठको पहिले नै अन्तर्वार्ता भइसकेको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.