पहिले नै तर्सेर बीआरआई 'लिनै हुन्न' नभनौं : बाबुराम भट्टराई

पहिले नै तर्सेर बीआरआई 'लिनै हुन्न' नभनौं : बाबुराम भट्टराई

गोरखा : पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले देशको हितमा हुनेगरी बीआरआईको समर्थन गर्नुपर्ने तर्क गरेका छन्। सोमबार गृहजिल्ला गोरखाका पत्रकारहरूसँगको भेटमा डाक्टर भट्टराईले देशको हितमा हुने अनुदानका कार्यक्रम अघि बढाउनुपर्ने विचार व्यक्त गरेका हुन्।

‘नेपाल विश्वका उदीयमान दुई ठूला शक्ति चीन र भारतको बीचमा रहेको र विश्वमहाशक्ति अमेरिकाले पनि चासो राख्ने क्षेत्र भएको हुनाले यी सबै शक्तिहरूसँग सन्तुलित मित्रवत् सम्बन्ध राख्नुपर्छ’, उनले भने, ‘हामी अहिले अल्पविकसित अवस्थामा छौं। विकासका निम्ति हामीले विदेशी पुँजी, प्रविधि, ज्ञान, सद्भावसँगसँगै व्यापारको आवश्यकता छ। त्यसका निम्ति हामीले जसरी भारत, अमेरिकालगायतसँग सहयोग लिँदै आएका छौं। त्यसरी नै चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई)का पनि नेपालको हित अनुकूलका पक्षलाई ग्रहण गरेर हामीले आफ्ना विकासलाई अघि बढाउनु पर्छ, मेरो कुरो यही हो।’ अनुदान परियोजनाहरू स्वीकार गर्नु हितकर हुने उनले बताए।

‘सहयोगका परियोजना सञ्चालन गर्दा पनि जसले पनि आफ्नो देशको हितका लागि नै गर्ने हुन्छन्। दान, दक्षिणा, उपकार, परोपकारका लागिमात्र त कसैले पनि गर्दैन। तर, कतिपय अवस्थामाचाहिँ आफ्ना रणनीतिक स्वार्थ भएका ठाउँहरूमा सञ्चालन हुने गरी उनीहरूले अनुदान मात्र पनि दिने गर्छन्’, डाक्टर भट्टराईले भने, ‘जसरी अमेरिकाले रणनीतिक स्वार्थअनुकूलको भए पनि एमसीसी भनेर अनुदान त दिएको हो नि। स्वार्थ जसको पनि हुन्छ। बीआरआईमा पनि ऋण पनि छ, अनुदान पनि छ। हाम्रो आवश्यकता के हो, हाम्रो प्राथमिकता के हो भन्ने आधारमा छनोट गरेर राष्ट्रिय हितमा हुने गरी बीआरआई स्वीकार गर्नुपर्छ।’ पहिले नै तर्सेर लिनै हुन्न, हुँदै हुन्न भन्न नहुने आफ्नो स्पष्ट धारणा रहेको उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.