नेपाली राष्ट्रिय महिला फुटबल टोली नगदसहित सम्मानित

नेपाली राष्ट्रिय महिला फुटबल टोली नगदसहित सम्मानित

ललितपुर : जिनियस आईबि बर्ल्ड स्कुल ललितपुरले वार्षिक खेलकुद दिवस २०८१ को समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगद सहित सम्मान गरेको छ। 

नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्र लगनखेल ललितपुर मा आयोजित कार्यक्रममा साफ महिला फुटबल च्याम्पिएनसिप २०२४ मा उत्कृष्ट प्रदर्शन गरेबापत मुख्य प्रशिक्षक सहित २६ जना सदस्यहरूलाई प्रशंसा पत्रसहित नगद रु १ लाख ३० हजार विद्यालयका अध्यक्ष नवीन कुमार जोशीले हस्तान्तरण गरे।

उक्त सम्मानले खेलकुदका माध्यमबाट राष्ट्रिय खेलाडीहरूप्रति कृतज्ञता व्यक्त गर्न र विद्यार्थीहरूलाई प्रोत्साहित गर्न महत्वपूर्ण भूमिका खेलेको कुरा विद्यालयका संस्थापक अध्यक्ष नवीन कुमार जोशीले व्यक्त गरे।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली महिला फुटबल टिमकी कप्तान अज्ञ्जिलाले यस प्रकारको सम्मानले खेलाडीहरूको मनोबल उच्च बनाउने बताउँदै जिनियस आईबी वर्ल्ड स्कूलप्रति आभार व्यक्त गरे। उनले खेलकुदको क्षेत्रमा अघि बढ्न यस्ता सम्मानहरूले ठूलो प्रेरणा दिने र अझ उत्कृष्ट प्रदर्शनका लागि ऊर्जा मिलेको कुरा बताए। 

कार्यक्रमको समापन समारोहमा विभिन्न प्रतिस्पर्धाका विजेता विद्यार्थीहरूलाई स्वर्ण, रजत र कास्य पदक प्रदान गरियो।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.