परराष्ट्र मन्त्री आरजु राणाको चीन भ्रमण स्वीकृत

परराष्ट्र मन्त्री आरजु राणाको चीन भ्रमण स्वीकृत
फाइल तस्बिर

काठमाडौं : परराष्ट्र मन्त्री आरजु राणाको चीन भ्रमण स्वीकृत भएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्री राणाको चीन भ्रमण स्वीकृत गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले बताए।

उनका अनुसार परराष्ट्र मन्त्री राणाले मंसिर १३ देखि १५ गतेसम्म चीनको भ्रमण गर्नेछिन्। परराष्ट्र मन्त्रीको टोलीमा रहने व्यक्तिहरूको भ्रमण पनि स्वीकृत गरिएको मन्त्री गुरुङले बताए।

प्रधानमन्त्री केपी शर्मा ओलीको मंसिर १७ गतेदेखि हुने चीन भ्रमणको पूर्व तयारीका लागि परराष्ट्र मन्त्री बेइजिङ जान लागेकी हुन्। यस अगाडि स्वास्थ्य उपचार गराएर जापानबाट बेइजिङ जाने तयारी गरे पनि डाक्टरको समय नमिलेपछि परराष्ट्रमन्त्री राणाले जापान भ्रमण स्थगित गरेकी थिइन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.