नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको भवन शिलान्यास

नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको भवन शिलान्यास

भक्तपुर : मध्यपुर थिमी नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालको नयाँ भवनको सोमबार शिलान्यास गरिएको छ। दक्षिण कोरिया सरकारको सहयोगमा निर्माण हुन लागेको दोस्रो चरणको सुविधा सम्पन्न भवनको उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले एक समारोहका बीच शिलान्यास गरेका हुन्।

भवनको शिलान्यास गर्दै उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाल कोरिया मैत्री नगर अस्पतालले नेपाल सरकार र दक्षिण कोरियाको मित्रतालाई थप मजबुद बनाउँदै लगेको बताए। उनले तोकिएको समय अवधिमा भवन निर्माण गर्न सके स्थानीय बासिन्दाहरूलाई मात्र नभई भगिनी जिल्ला, पालिका हुँदै राष्ट्रियस्तरमा गुणस्तरीय स्वास्थ्य सेवा दिने अस्पताल बन्ने विश्वास व्यक्त गरे।

समारोहमा विशेष अतिथि नेपालका लागि कोरियाका राजदूत टोइयोङ पार्कले दक्षिण कोरियाली सरकार नेपालसँग समन्वय गर्न पाउँदा खुसी रहेको जनाए। उनले सन् २००९ मा दक्षिण कोरियाली सरकारको सहयोगमा स्थापना भएको सो अस्पतालले १५ वर्षमै पालिकामा उपचारको खाँचो परेका जनताको लागि केन्द्र बनेको आफूहरूले पाएको बताए।

अर्का विशेष अतिथि कोइका नेपालका लागि राष्ट्रिय निर्देशक मोहेन कोङले परियोजनाको मुख्य उद्देश्य नै भक्तपुर जिल्ला र भगिनी जिल्लाका बासिन्दाहरूको स्वास्थ्य अवस्था उकास्ने रहेकोले प्राप्त सहयोगबाट अस्पतालको भवनमात्र नभई अस्पताललाई नै व्यवस्थित रूपमा निर्माण गर्ने रहेको बताए।

प्रतिनिधिसभा सदस्य तथा संघीय सांसद दुर्लभ थापाले अस्पतालले कोइकाको समन्वयमा नर्सिङ कलेज स्थापना गर्न खोजे पनि नेपाल कोरिया मैत्री नगर अस्पताल नगर अस्पताल भएको कारण स्वास्थ्य मन्त्रालयले समन्वय नगरी दिएकाले नर्सिङ कलेज स्थापना हुन नसकेको बताए।

कार्यक्रमका अध्यक्ष एवं मध्यपुर थिमी नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाद्वारा सञ्चालित सो अस्पतालले वार्षिक एक लाख सेवाग्राहीलाई सेवा दिँदै आएको बताए। भवन निर्माण भइसकेपछि अस्पतालले नगरका स्थानीयलाई मात्र नभई भगिनी पालिका र जिल्लावासीलाई समेत सेवा दिने अपेक्षा राखिएको उनले बताए।

उक्त भवन दक्षिण कोरियाली सरकारको करिब एक अर्ब रुपैयाँ सहयोग तथा कोइका नेपालको समन्वयमा निर्माण हुन लागेको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.