हाटबजार सञ्चालन कार्यविधि निर्माण गर्न कृषकसँग छलफल

हाटबजार सञ्चालन कार्यविधि निर्माण गर्न कृषकसँग छलफल

अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा हाटबजार सञ्चालन कार्यविधि निर्माण सम्बन्धमा अगुवा कृषकहरू बीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। सन्धिखर्क नगरपालिकाको आयोजना र अर्घाखाँची सन्धिखर्क तरकारी उत्पादन तथा बजारीकरण समूहको समन्वयमा कार्यक्रम सम्पन्न भएको कृषि शाखा प्रमुख राजेन्द्र भट्टराईले बताए।

हाटबजारमा तरकारी बिक्रीमा लागि रहने अगुवा कृषकहरूको सहभागिता रहेको थियो। हाटबजारमा भएको समस्याका बारेमा कृषकले भनाइ राखेका थिए। सन्धिखर्कमा प्रत्येक शुक्रबार बसपार्क र मंगलबार ट्राफिक लाइनमा लाग्दै आएको हाटबजार व्यवस्थित गर्ने विषयमा छलफल भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.