डब्लूएमएसी वेल्स खुला प्रतियोगिता : सञ्जितकुमार राईले जिते स्वर्ण

डब्लूएमएसी वेल्स खुला प्रतियोगिता : सञ्जितकुमार राईले जिते स्वर्ण

काठमाडौं : नेपालका सञ्जितकुमार राईले डब्लूएमएसी वेल्स खुला प्रतियोगितामा स्वर्णसहित दुई पदक जितेका छन् । आइतबार राति बेलायतको ईबीबीडब्लू भेल लिजर सेन्टर साउथ वेल्समा भएको प्रतियोगितामा सञ्जितले २ स्पर्धामा एक स्वर्ण र एक रजत जितेका हुन् ।

उनले क्रिएटिभ फम्सको मिक्स ब्ल्याकवेल्ट सफ्ट स्टायलमा स्वर्ण जितेका थिए । उनले २६.७ अंक जोडे । ट्रेडिसनल फम्सको मिक्स ब्ल्याकवेल्टमा रजत जित्ने क्रममा सञ्जितले २६.४ अंक बटुलेका थिए । प्रतियोगितामा चार सय ५० खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगिताका क्रममा सञ्जितले डब्लूएमएसी वेल्सका अध्यक्ष क्रिस स्पाक्र्ससँग पनि भेट गरेका थिए ।

उनको यो पाँचौं अन्तर्राष्ट्रिय पदक हो । यसअघि उनले सन् २०२२ मा स्लोभेनियामा भएको विश्व मार्सल आर्ट्स गेम्समा एक स्वर्ण र एक कांस्य तथा २०२४ मा अमेरिकाको न्युजर्सीमा भएको ब्याटल अफ ड्रागन मार्सल आर्ट्स च्याम्पियनसिपमा स्वर्ण पदक जितेका थिए । राष्ट्रिय उमा कङफु प्रतियोगिताको दुई फरक संस्करणमा पनि उनले दुई स्वर्ण जितेका छन् ।

उनले भारत, अस्ट्रिया र जर्मनीमा भएको प्रतियोगितामा निर्णायकको भूमिकासमेत निर्वाह गर्नुका साथै विभिन्न घरेलु प्रतियोगितामा मुख्य निर्णायकका रुपमा पनि काम गरेका थिए । सञ्जित नेपाल उमा कङफु संघका नवनिर्वाचित अध्यक्ष पनि हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.