रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ

रास्वपाका नेताविरुद्ध अदालतको अवहेलना मुद्दामा आज सुनुवाइ

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरुद्ध अदालत अवहेलनामा दायर भएको मुद्दाको सुनुवाइका लागि आज पेशी तोकिएको छ। न्यायाधीश डा.मनोजकुमार शर्मा र नृपध्वज निरौलाको इजलासमा पेशी तोकिएको छ।

यसअघि मंसिर ९ गते सुनुवाइका लागि पेशी तोकिएपनि पछि  हेर्न नभ्याइने‍ सूचीमा राखिएको थियो।  रास्वपाका नेताहरूले अदालतको मानहानी गरेको दावी गर्दै कार्त्तिक २९ गते अधिवक्ता अनुपम भट्टराईले  सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएका थिए। उनले सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धान चलिरहँदा अदालतलाई दबाब दिने वा प्रभाव पार्नेगरी रास्वपाका नेताहरूले अदालतको मानहानी गरेको दावी गर्दै रिट निवेदन दायर गरेका हुन्।

निवेदनमा रास्वपाका सांसदहरू स्वर्णिम वाग्ले,प्रवक्ता मनिष झा,विराजभक्त श्रेष्ठ, सुमना श्रेष्ठ,तोसिमा कार्की,सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ। सहकारी ठगी प्रकरणमा रास्वपा सभापति लामिछाने हाल प्रहरी हिरासतमा छन्।  विभिन्न सहकारीको रकम हिनामिना गरेको उनीमाथि आरोप छ। उनी हाल कास्की प्रहरी हिरासतमा छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.