अनुदान स्वीकार गर्छौं, बीआरआई ऋणमा सम्झौता हुँदैन : मन्त्री गुरुङ

अनुदान स्वीकार गर्छौं, बीआरआई ऋणमा सम्झौता हुँदैन : मन्त्री गुरुङ
फाइल तस्बिर ।

काभ्रेपलाञ्चोक : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा चीनले अनुदान दिएमा स्वीकार्ने बताएका छन्। आज काभ्रेमा आयोजित कार्यक्रममा उनले आगामी साता हुने प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा सरकारले ऋण नलिने तर परियोजनाहरूमा अनुदान  सम्झौता गर्नसक्ने बताएका हुन्।

उनले भने, ‘हामी जुनसुकै मुलुकबाट ऋण लिइहाल्दैनौँ, अनुदान भने लिन्छौँ, चीनले अनुदान दिएमा त्यो स्वीकार गर्छौं, त्यसमा सम्झौता हुनसक्छ ।’ 

उनले सरकार बीआरआई सम्झौता गरिहाल्नपर्छ भन्नेमा सरकार नभएको बताए। उनले चीनसँग एमओयू गरेकाले कार्यान्वयन गर्नुपर्ने पक्षमा रहेको उल्लेख गरे। 

उनले सामाजिक सञ्जाल प्रयोग, सञ्चालन र नियमन गर्ने विधेयक पनि मन्त्रिपरिषद्मा प्रस्तुत भएकाले संसद्को आगामी अधिवेशनले पारित गर्ने जानकारी गराए। गुरुङले सामाजिक सञ्जालमा अराजक र अमर्यादित प्रस्तुतिले प्रश्रय पाएको भन्दै चिन्ता व्यक्त गरे। उनले असत्य खबरका कारण परिवार विग्रह हुन थालेको धारणा राखे।

मन्त्री गुरुङले मिडिया नियमन गर्न प्रेस काउन्सिल अपर्याप्त भएकाले अझ व्यवस्थित गर्न काउन्सिलको विधेयकमाथि संसदीय समितिमा छलफल भइरहेको बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.