चितवन हात्ती तथा पर्यटन महोत्सव हुँदै

चितवन हात्ती तथा पर्यटन महोत्सव हुँदै
फाइल तस्बिर

काठमाडौं : पर्यटकीय नगरी सौराहामा पौष दोस्रो साता १८ औं चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना हुने भएको छ। 

क्षेत्रीय होटल संघ नेपाल चितवनले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पौष ११ देखि १५ गतेसम्म सौराहामा चितवन हात्ती तथा पर्यटन महोत्सव आयोजना गर्न लागेको जनाएको हो।

सौराहामा आन्तरिक र बाह्य पर्यटक प्रवर्द्धनका लागि क्षेत्रीय होटल संघ नेपाल चितवनको आयोजना तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था र रेस्टुराँ एण्ड बार एसोसिएसन नेपालको सहआयोजनामा महोत्सव हुन लागेको हो।

महोत्सवका कारण हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटनहरूको आगमनमा वृद्धि हुने गरेको आयोजकले जनाएको छ। पाँच दिनसम्म सञ्चालन हुने महोत्सव अन्तर्गत विभिन्न गतिविधिमा ८० वटा हात्ती सहभागी हुने क्षेत्रीय होटल संघ चितवन सौराहाका महासचिव गुणराज थपलियाले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.