एमाले गफभन्दा काममा विश्वास गर्ने पार्टी हो : प्रधानमन्त्री ओली

एमाले गफभन्दा काममा विश्वास गर्ने पार्टी हो : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेले जस लिनेभन्दा बढी काममा विश्वास गर्ने पार्टी भएको बताएका छन्।

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले सातौं सामाजिक सुरक्षा दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले एमाले गफ गर्ने भन्दा काममा विश्वास गर्ने पार्टी भएको बताए।

नेकपा एमालेले नयाँ सोचका साथ आजको मागअनुसार पार्टीलाई अघि बढाउने नीति लिएको उनले बताए। जनताको बहुदलीय जनवादले सबैको अनुहारमा उज्यालो ल्याउने ओलीले बताए। प्रधानमन्त्री ओलीले सबैका लागि शिक्षा, स्वास्थ्य लगायतका कुरामा ध्यान दिनुपर्ने बताए। 

त्यसैले एमाले सरकारमा हुँदा वा नहुँदा जनताप्रति जिम्मेवार पार्टी रहेको बताए। नेकपा एमाले सरकारमा हुँदा परिवर्तनका धेरै काम गरेको बताउँदै ओलीले परिवर्तन गर्न खोज्दा गर्न सम्भव रहेको बताए। सरोकारवालको प्रतिनिधित्व नभई सरोकारवालाको विषयमा निर्णय गर्ने कुरा गलत भएको भन्दै उनले मजदुरको विषयमा निर्णय गर्ने ठाउँमा ट्रेड युनियनको सहभागिता हुनुपर्नेमा जोड दिए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.