प्रथम कालीकोट महोत्सव सुरु

प्रथम कालीकोट महोत्सव सुरु

कालीकोट : प्रथम कालीकोट महोत्सव मंगलबारदेखि सुरु भएको छ। समृद्ध कालीकोटको प्रमुख विकासको आधार, कृषि पर्यटन संस्कृति उद्योग र पूर्वाधार भन्ने मूल नाराका साथ प्रथम कालीकोट महोत्सव उद्घाटन भएको हो। 

कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री माननीय सुरेश अधिकारीले कर्णाली प्रदेशमा रहेका पर्यटकीय क्षेत्रको प्रचारप्रसारमा महत्त्वपूर्ण सहयोग पुग्ने बताए। उनले भने, ‘समृद्ध कालीकोट बनाउन कृषि, पर्यटन, संस्कृति, उद्योग र पूर्वाधारका क्षेत्रमा राज्यले लगानी गरेको छ। यो महोत्सवले यहाँका किसानहरूले उत्पादन गरेका रैथाने अन्नबालीको प्रचार गर्नुका साथै निर्यात गरी व्यवसायमा वृद्धि गर्नेछ।’

उद्योग वाणिज्य संघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले देशमा अर्थतन्त्र खस्किँदो अवस्थामा रहेका बेला कालीकोटमा गरिएको प्रथम महोत्सवले यहाँको आन्तरिक व्यापारमा सुधार ल्याउने बताए। उनले भने, ‘कर्णालीका सम्पूर्ण व्यापारीहरूको हकहितका लागि काम गर्ने उद्योग वाणिज्य संघले प्रदेशका विभिन्न जिल्लामा महोत्सवको आयोजना गरी कृषि पर्यटन, संस्कृति उद्योग र पूर्वाधारमा परिवर्तन ल्याउने छौं।’

यस्तै माननीय दुर्गाबहादुर रावतले कर्णालीको विकासका लागि राज्य अझै गम्भीर नभएको आरोप लगाए। उनले भने, ‘कर्णालीमा रारा, पँचालझरना, बडिमालिका, से—फोक्सुन्डो तालजस्ता मुख्यमुख्य पर्यटकीय सम्भावना बोकेका क्षेत्रहरू हुँदाहुँदै पनि सरकारले यसको संरक्षणमा ध्यान दिएको छैन। कर्णालीलाई अझै पनि दोस्रो दर्जाको प्रदेशमा रूपमा राखेर बजेट विनियोजन गर्ने गरेको छ। पर्यटकीय सम्भावना त छँदैछन् जलजंगल र जडिबुटीले कर्णाली आत्मनिर्भर छ। राज्यले यदि कर्णालीमा लगानी केन्द्रित गरी आन्तरिक तथा बाह्य पर्यटकहरूको आवागमन भएको खण्डमा राज्यको कोषमा वृद्धि हुन सक्छ।’

यस्तै सांसद दक्षिणा शाहीले नेपाली भाषाको उत्पत्ति भएको कर्णालीमा विभिन्न संस्कृतिले भरिपूर्ण भएको बताइन्। उनले भनिन्, ‘पुरानो संस्कृति देउडा, झोडा, मागल, चुट्किला, हुड्के नाचको संरक्षणका लागि पनि महोत्सव आवश्यक हो। कर्णालीले सधैं भिख मागेर यहाँका नागरिकहरूको जीवनमा परिवर्तन आउन सक्दैन। राज्यले प्राकृतिक स्रोत र साधनको संरक्षणमा लगानी गरे कर्णाली आफैंमा आत्मनिर्भर बन्न सक्छ।’ महोत्सवमा स्थानीय उत्पादनहरू राडी, पाखी, स्याउ, सिमी ओखर, जडीबुटी, काइनाइट लगायतका कृषि उत्पादनहरू राखिएका छन्।

महोत्सवमा कर्णालीका दसवटै जिल्ला र छिमेकी जिल्ला, बाजुरा, अछाम, डोटी, कैलालीबाट दर्शकको उपस्थिति हुने देखिन्छ। एक हप्तासम्म सञ्चालन हुने महोत्सवमा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको उपस्थिति रहने उद्योग वाणिज्य संघ कालीकोटका अध्यक्ष रतनबहादुर शाहीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.