विराटनगर किंग्सको तयारी पूरा, उद्‍घाटन खेलमा जनकपुरसँग भिड्ने

विराटनगर किंग्सको तयारी पूरा, उद्‍घाटन खेलमा जनकपुरसँग भिड्ने

काठमाडौं : मंसिर १५ देखि सुरु हुने नेपाल प्रिमियर लिग एनपिएल क्रिकेट प्रतियोगिताका लागि विराटनगर किंग्सले आफ्नो तयारी पूरा भएको जनाएको छ। 

विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी विराटनगर किंग्सका मालिक एवं पूर्व क्रिकेट खेलाडी पारस लुनियाले आफूहरूले खेलाडी छनौट गरेको नभई कोचहरू र मार्की खेलाडी सन्दीप लामिछानेले खेलाडीहरू छानेको जानकारी दिए। उनले आफूहरूले एनपीएलमा कोशी प्रदेशको नाम राख्ने गरी खेल खेल्ने र यस लिगले खेलाडी उत्पादनमा निकै सहयोग पुर्‍याउने बताए। 

उनले एनपीएल एक किसिमको व्यापार भएको र यसबाट मुलुकमात्र होइन, क्रिकेट एसोसिएसन र क्रिकेट खेलाडीहरूलाई फाइदा पुग्ने जिकिर गरे।

विराटनगर किंग्सका खेलाडीहरूले विराटनगर वडा नं. ६ स्थित मेरिलेबोन ज्वाला क्रिकेट मैदानमा प्रशिक्षण लिएका थिए। उनीहरू प्रतिस्पर्धाका लागि बुधबार राजधानी काठमाडौं जाँदैछन्। ५ जना विदेशी खेलाडीसहित ट्यालेण्ट हण्टबाट छानिएका ३ जना खेलाडीहरूसमेत समावेश गरेर विराटनगर किंग्सको क्रिकेट टिम बनाइएको प्रशिक्षक दीपेन्द्र चौधरीले जानकारी दिए। एनपीएलको उद्‍घाटन खेलमा विराटनगर किंग्सले जनकपुर बोल्ड्ससँग प्रतिस्पर्धा गर्दैछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.