बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

बाँसबारीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

काठमाडौं  : काठमाडौं महानगरपालिका–३ बाँसबारीस्थित सडकमा आज मोटलसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। अन्य तीन जना घाइते भएका छन्। 

बा प्र–०२–०५० प ८३१२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक बूढानीलकण्ठ नगरपालिकाको देउवाचोक बस्ने ३१ वर्षीय सुशान्त देउलाको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता, प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले बताए। 

दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो। उक्त मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई बा प्र ०२–०४४–१८७८ नम्बरको मोटरसाइकल समेतलाई ठक्कर दिँदा दुर्घटना भएको थियो। 

साथै दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार दुई जना र एक जना पैदलयात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.