एमाले महासचिवसँग भियतनामको कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलको भेटवार्ता

एमाले महासचिवसँग भियतनामको कम्युनिस्ट पार्टीको प्रतिनिधि मण्डलको भेटवार्ता

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलसँग नेपाल भ्रमणमा रहेको भियतनाम कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य ली है विन नेतृत्वको ६ सदस्यीय प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । 

भेटमा दुई देशका सरकार, कम्युनिस्ट पार्टी र जनताबीचको घनिष्ठ सम्बन्धका बारेमा छलफल भएको छ । भेटमा पोखरेलले प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीका रूपमा महत्त्वका साथ भियतनामको भ्रमण गरेबाट दुईदेशबीचको गहिरो सम्बन्धलाई उजागर गर्ने  बताए । महासचिव पोखरेलले भियतनामसँगको सम्बन्धका विभिन्न पाटाहरूको चर्चा गर्दै बुद्ध धर्मले नेपाल र भियतनामलाई सांस्कृतिक रूपमा जोड्ने काम गरेको  बताए  । null

महासचिव पोखरेलले यो सम्बन्धलाई घनिष्ट बनाउन दुईदेशबीच सिधा हवाई सेवा सञ्चालन गर्न पहल हुनुपर्नेमा जोड  दिए । महासचिव पोखरेलले भियतनाममा भएको स्वाधीनता र स्वाभिमानको आन्दोलनबाट नेपालले ठूलो शिक्षा र प्रेरणा लिएको स्मरण गरे । उनले भियतनामको आर्थिक विकासबाट नेपालको विकास र समृद्धि यात्रा अगाडि बढाउन सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

सो अवसरमा भियतनाम कम्युनिस्ट पार्टीका वैकल्पिक केन्द्रीय सदस्य लिले नेपालमा कम्युनिस्ट पार्टीले हासिल गरेको सफलताप्रति खुसी प्रकट गर्नुहुँदै आगामी दिनमा अझ बढी सफलताको शुभकामना व्यक्त गरे । उनले  दुई कम्युनिस्ट पार्टीबीचको सम्बन्धलाई सुदृढ बनाउँदै दुवै देश र जनताको आर्थिक समृद्धिका लागि आपसी सहयोग अभिवृद्धि गर्न तयार रहेको बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.