जेलबाट इमरान खानको सन्देश- ‘जे मन लाग्छ गर, म आफ्नो अडानबाट पछि हट्ने छैन’

जेलबाट इमरान खानको सन्देश- ‘जे मन लाग्छ गर, म आफ्नो अडानबाट पछि हट्ने छैन’
फाइल तस्बिर।

स्लामावाद : पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा पाकिस्तान तहरीक-ए-इन्साफका संस्थापक इमरान खानले आफ्ना माग पूरा नभएसम्म आफू पछि नहट्ने बताएका छन्।

इमरान खानको एक्स(ट्विटर) अकाउन्टबाट जारी विज्ञप्तिमा उनले आफ्नो टोलीलाई अन्तिम क्षणसम्म लड्ने सन्देश दिएका छन् ।

उनले लेखेका छन्, ‘सैनिक अदालतमा मुद्दा चलाउने धम्की दिनेहरूलाई मेरो सन्देश भनेको तिमी जे चाहन्छौ गर, म आफ्नो अडानबाट पछि हट्ने छैन ।'

उनले आफ्ना सबै समर्थक जो अहिलेसम्म डी चोक पुगेका छैनन् उनीहरुलाई पनि पुग्न आग्रह गरेका छन्।

उनले थप लेखेका छन्, 'उनले प्रवासी पाकिस्तानीहरूलाई पनि धन्यवाद दिएका छन्। उनीहरुले पाकिस्तानमा आयोजना भएको कार्यक्रमलाई पैसा पठाएर र आ-आफू रहेको देशमा विरोध पनि गरिरहेकामा उन‍ले कृतज्ञता व्यक गरेका छन्।'

पाकिस्तानका पूर्व प्रधानमन्त्रीले आन्तरिक मन्त्री मोहसिन नक्वीको निर्देशनमा रेन्जर्स र पुलिसले पीटीआई कार्यकर्ताहरूमाथि गोली चलाएको आरोप लगाएका छन्। जसको परिणामस्वरूप शान्तिपूर्ण प्रदर्शन गरिरहेका सर्वसाधारणको मृत्यु भएको र धेरै घाइते भएका उनको आरोप छ।

यसका लागि मोहसिन नकवीले जवाफ दिनुपर्ने उनले बताए ।

प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रहन अपील गर्दै इमरान खानले प्रदर्शनमा सहभागी सबै पाकिस्तानीहरू एकताबद्ध र दृढ रहनुपर्ने बताए। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.