इजरायल र हिजबुल्लाह बीच ६० दिने युद्धविराम स्वीकृत

हिजबुल्लाहले सम्झौता तोडे इजरायललाई आत्मरक्षाको अधिकार छ : बाइडेन

इजरायल र हिजबुल्लाह बीच ६० दिने युद्धविराम स्वीकृत

इजरायलको युद्ध मन्त्रिपरिषद्ले लेबनानमा इजरायल र हिजबुल्लाहबीच ६० दिने युद्धविराम सम्झौतालाई अनुमोदन गरेको छ। मंगलबार राति बसेको मन्त्रिपरिषद्को बैठकमा युद्धविराम १०-१ ले स्वीकृत भएको थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धविराम योजनालाई पहिले नै अनुमोदन गरिसकेका थिए।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यो युद्धविरामलाई ‘गुड न्यूज’ भनेका छन् । उनले नेतान्याहु र लेबनानका प्रधानमन्त्री नजिब जाकातीसँग युद्धविरामका लागि कुरा गरेको बताए । स्थानीय समयअनुसार बुधबार बिहान ४ बजेबाट दुई देशबीचको युद्ध रोकिनेछ ।

बाइडेनले युद्धविरामको अर्थ युद्धलाई सदाका लागि अन्त्य गर्ने भएको बताए। उनले इजरायली सेनाले कब्जा गरेको क्षेत्र ६० दिनभित्र लेबनानी सेनालाई हस्तान्तरण गर्ने र त्यसक्षेत्रबाट पछि हट्नुपर्ने बताएका छन्। यसो गर्दा उक्त क्षेत्रहरु हिजबुल्लाहले नियन्त्रणमा लिन नपाउने उनीहरुको भनाइ छ।

बाइडेनले यदि हिजबुल्लाह वा अन्य कसैले सम्झौताको उल्लङ्घन गरी इजरायलको लागि खतरा उत्पन्न गरेअन्तर्राष्ट्रिय कानून अनुसार इजरायललाई आत्मरक्षाको अधिकार हुने बताए। साथै नेतान्याहुले   यदि हिजबुल्लाहले सम्झौताको उल्लङ्घन गरेमा फेरि आक्रमण गर्ने चुनौती पनि दिएका छन्।

यी ३ कारणले युद्धविराम स्वीकृत भएको नेतन्याहुको भनाइ
नेतान्याहुले युद्धविराम सम्झौता अनुमोदन गर्नु अघि एक भिडियो जारी गरेका थिए। यसमा उनले हिजबुल्लाहसँग युद्धविराम सम्झौतामा हस्ताक्षर गर्नुका पछाडि ३ कारण रहेको बताएका छन् ।

1. इरानमा ध्यान केन्द्रित गर्दै।

2. थकित सैनिकहरूलाई आराम दिन।

3. हमासलाई क्षतविक्षत गर्न।

नेतान्याहुले हमासले हिजबुल्लाहमा भरोसा गरेका थिए। हिज्बुल्लाह लडाकुहरू उनीहरूसँग लड्नेछन् भन्नेमा उनीहरू विश्वस्त थिए। तर अहिले उनीहरु एक्लै परेका छन् । अब उनीहरुमाथि दबाब बढ्नेछ । यसले हाम्रा बन्धकहरूलाई मुक्त गर्न मद्दत गर्नेछ।

यद्यपि नेतान्याहुले हिजबुल्लाहले इजरायल सीमा नजिकै आक्रमण गर्ने प्रयास गरे, यस क्षेत्रमा पूर्वाधार निर्माण गरे, सुरुङ खन्ने वा रकेट बोकेका ट्रकहरू यस क्षेत्रमा ल्याएमा त्यसलाई सम्झौताको उल्लङ्घन मानिने बताए।

युद्धविराम अघि इजरायलद्वारा लेबनानमा आक्रमण, १० जनाको मृत्यु

युद्धविराम घोषणा हुनुभन्दा केही घण्टाअघि इजरायलले लेबनानको राजधानी बेरुतमा क्षेप्यास्त्र आक्रमण गर्दा १० जनाको मृत्यु भएको थियो।

यसअघि आइतवार हिजबुल्लाहले इजरायलमा अहिलेसम्मकै ठूलो हमला गरेको थियो । हिजबुल्लाहले यस आक्रमणका लागि २५० भन्दा बढी मिसाइल प्रयोग गरेको थियो । रिपोर्टका अनुसार नेतान्याहुले आइतबार इजरायली अधिकारीहरूसँग युद्धविराम योजनाबारे पनि छलफल गरेका थिए।

इजरायलले सेप्टेम्बर २७ मा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहको हत्या गरेको थियो । तीन दिन पछि, इजरायलले अक्टोबर १ को राती लेबनानमा हिजबुल्लाह विरुद्ध जमीनी कारबाही सुरु गर्यो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.