युद्धविराम सुरु हुनु केहिअघि पनि इजरायल र हिजबुल्लाहद्वारा एकअर्कामाथि आक्रमण

युद्धविराम सुरु हुनु केहिअघि पनि इजरायल र हिजबुल्लाहद्वारा एकअर्कामाथि आक्रमण

लेबनान र इजरायलबीच मंगलबार युद्धविराम हुनुभन्दा केही घण्टाअघि हिजबुल्लाह र इजरायलले एकअर्कामाथि आक्रमण गरेका थिए। हिजबुल्लाहले मंगलबार राति तेल अवीवका केही संवेदनशील सैन्य लक्ष्यमा आक्रमण गरेको बताएको छ । इजरायली सेनाले यसको पुष्टि गरेको छ।

समाचार एजेन्सी एएफपीका अनुसार हिज्बुल्लाहले भन्यो, 'राजधानी बेरुतलाई निशाना बनाएकोले र इजरायली सेनाले गरेको सर्वसाधारणको नरसंहारको जवाफमा हिजबुल्लाहले तेल अवीभका केही संवेदनशील लक्ष्यहरूलाई निशाना बनाएको छ।'

त्यस्तै इजरायलले बेरुतका केही क्षेत्रका बासिन्दाहरूलाई आफ्ना घर खाली गर्न निर्देशन दिएको र इजरायली सेनाले हिजबुल्लाह स्थानहरूलाई निशाना बनाउन सक्ने बताएको थियो।

यसअघि इजरायलले हिजबुल्लाहले सोमबार २५० रकेट प्रहार गरेको बताएको थियो।

मंगलबार अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा पत्रकारहरूलाई लेबनान र इजरायलका सरकारहरू फ्रान्स र संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा युद्धविराम गर्न सहमत भएका बताएका छन्।

यो सम्झौता अनुसार इजरायली सेनाले आगामी ६० दिनभित्र दक्षिणी लेबनानलाई चरणबद्ध रूपमा खाली गर्नेछ। यद्यपि इजरायललाई हिजबुल्लाहद्वारा युद्धविराम उल्लङ्घन गरेको अवस्थामा आत्मरक्षाका गर्ने स्वतन्त्रता हुने जनाइएको छ। बीबीसी


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.