पाकिस्तानमा इमरान खानको पार्टीको विरोध प्रदर्शन समाप्त

पाकिस्तानमा इमरान खानको पार्टीको विरोध प्रदर्शन समाप्त
सुन्नुहोस्

इस्लामावाद : पाकिस्तानमा इमरान खानको पार्टी पाकिस्तान तेहरिक–ए–इन्साफ (पीटीआई) ले आफ्नो विरोध प्रदर्शन अन्त्य गरेको छ । पाकिस्तानी वेबसाइट द डनका अनुसार पार्टीले बुधबार बिहान यो घोषणा गरेको हो । पीटीआईले इमरान खानको सल्लाहमा अर्को निर्णय लिने बताएको छ।

पीटीआईले एक प्रेस विज्ञप्तिमा निकाल्दै सरकार निहत्था नागरिकहरूलाई निर्ममतापूर्वक मार्न तयार रहेको जनाएको छ। इस्लामाबादलाई वधशाला बन्न नदिन उनीहरूले आफ्ना शान्तिपूर्ण विरोध प्रदर्शनलाई अस्थायी रूपमा स्थगित गरेको जनाइएको छ।

गण्डापुर प्रदर्शनको नेतृत्व इमरान खानकी पत्नी बुशरा बीबी र खैबर पख्तुनख्वाका मुख्यमन्त्री अली अमिनले गरेका थिए । रिपोर्टका अनुसार गण्डपुरले मंगलबार राति आन्दोलनकारीलाई घर जान आग्रह गरेका थिए । गृहमन्त्री मोहसिन नक्वीले पत्रकार सम्मेलनमा दुवै जना पक्राउको डरले भागेको बताए ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.