११ वर्षअघि सामूहिक बलात्कार, अहिले पक्राउ परे अभियुक्त

११ वर्षअघि सामूहिक बलात्कार, अहिले पक्राउ परे अभियुक्त
पेशलकुमार सुनुवार र मनोज मण्डल
सुन्नुहोस्

विराटनगर : मोरङमा युवतीलाई अपहरणपछि सामूहिक बलात्कार (जबरजस्ती करणी) गरिएको घटनामा संलग्न दुई जना अभियुक्त ११ वर्षपछि पक्राउ परेका छन्।  

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले विराटनगर महानगरपालिका-१३ का ३८ वर्षीय पेशलकुमार सुनुवार र विराटनगर-१ का ३८ वर्षीय मनोज मण्डललाई पक्राउ गरिएको जानकारी दिए। सुनुवारलाई यसअघि नै अदालतले दोषी ठहर गर्दै कैद सजायको फैसला गरिसकेको थियो। 

घटना भएदेखि नै फरार रहेका कारण मण्डलको मुद्दा मुलतबीमा थियो। डीएसपी जोशीका अनुसार एउटा समूहले २०७० साल वैशाख १ गते युवतीलाई अपहरण गरेर साविकको कटहरी गाविस (गाउँ विकास समिति)-३ (हालको कटहरी गाउँपालिका)मा लगी सामूहिक बलात्कार गरेको थियो। प्रहरीले घटनामा संलग्नविरुद्ध अपहरण तथा शरीर बन्धक र जरबजस्ती करणी मुद्दा चलायो। 

घटनामा संलग्न भनिएकामध्ये सुनुवारलाई जिल्ला अदालत मोरङको २०७१ असार २२ गते सफाइ दिएको थियो। अदालतले सफाइ दिएपछि उनी छुटेका थिए। त्यही मुद्दा सर्वोच्च अदालतसम्म पुग्यो। सर्वोच्चले अदालतले जिल्ला अदालतको फैसला उल्टाउँदै २०७१ मंसिर ९ गते सुनुवारलाई ६ वर्ष ९ महिना २४ दिन कैद सजाय हुने फैसला गरेको थियो।

सर्वोच्चले दोषी ठहर गरेपनि सजाय भुक्तान नगरिकन उनी लामो समयदेखि भागिरहेका थिए। अहिले सुनुवालाई पक्राउ गर्न प्रहरी सफल भएको डीएसपी जोशीले बताए। पक्राउ गरेर प्रहरीले उनलाई मोरङमा अदालतमा पेस गर्‍यो। प्रहरीले पक्राउ गरेर बुझाएपछि सुनुवारलाई सजाय भुक्तानका लागि कारागार चलान गरिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए।  

यसअघि सुनुवार १ वर्ष २ महिना ६ दिन कारगार बसेका थिए। उनले अब ४ वर्ष ९ महिना १४ दिन कैद सजाय भुक्तान गर्न बाँकी रहेको अदालतले जनाएको छ। अपहरण र सामूहिक बलात्कारमा संलग्न भनिएका मण्डलविरुद्धको मुद्दा भने मुलतबीमा थियो। 

प्रहरीले पक्राउ गरेर बुझाएपछि उनलाई पनि मोरङ अदालतले कारागार चलान गर्न आदेश दिएको छ। थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश भएको सूचना अधिकारी बुढाथोकीले बताए। उनका अनुसार प्रतिवादीको बयान र थुनछेक बहस सकिएर अदालतबाट आदेश आएपछि मण्डललाई कारागार चलान गरिएको हो। 

सुनुवार र मण्डललाई गत सोमबार पक्राउ गरिएको प्रहरीले जनाएको छ। लामो समयदेखि फरार रहेका उनीहरूलाई खोजी गर्ने क्रममा फेला पारेर पक्राउ गरिएको जानकारी डीएसपी जोशीले दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.