डिलाइट डेरी ह्वाइटनर : स्वादिष्ट चियाको लागि अनुपम उत्पादन
काठमाडौं : सुजल डेरीको उत्पादन गरेको ‘डिलाइट डेरी ह्वाइटनर’ स्वादिष्ट चियाका लागि अनुपम उत्पादन बनेको छ। स्वादिष्ट चियाका लागि अनुपम उत्पादन बनेसँगै डिलाइट डेरी ह्वाइटनरको लोकप्रियता हिमालदेखि तराईसम्म फैलिएको दाबी कम्पनीको छ।
गाई र भैंसीको शुद्ध दूधबाट अत्याधुनिक स्प्रे ड्राइङ प्रविधिको प्रयोग गरी बनाइएको डिलाइटले चियामा क्रिमिपन थप्दै साधारण चियालाई पनि सन्तुष्टिको क्षणमा रूपान्तरण गर्ने सुजल डेरीको दाबी छ। १२ महिना अवधि भएको यो उत्पादन हिमालदेखि तराईका व्यस्त बजारसम्मका नेपालीहरूको भान्सामा भरपर्दो साथी बन्न पुगेको डेरीको दाबी छ।
दूध उत्पादन सीमित हुने तर चिया पिउन मन पराउने हिमाली जिल्लाहरू हुम्ला लगायतका स्थानहरूमा समेत डिलाइट डेरी ह्वाइटनर त्यहाँको जीवनरेखा बनेको कम्पनीको दाबी छ। मध्यपहाडी लोकमार्गजस्ता मार्गहरूमा यसको उपलब्धताले हजारौं मानिसलाई गुणस्तरीय दूधको समस्यालाई समाधान दिएको र दैनिक जीवनलाई सहज बनाउँदै हरेक चियाको कपमा मिठास थपेको कम्पनको भनाइ छ।
कम्पनीका अनुसार भाटभटेनी, सेलवेज, सेल्सबेरी, र बिगमार्टजस्ता ठूला स्टोरहरूमा डिलाइट डेरी ह्वाइटनर सजिलै पाउन सकिन्छ। डिलाइट डेरी ह्वाइटनर दराज, ठूलो डटकम र स्मार्टडोको जस्ता ई-कमर्स साइटहरूमा पनि उपलब्ध रहेको छ।
दैनिक जीवनमा महत्त्वपूर्ण भूमिका खेल्नुको साथै डिलाइट डेरी ह्वाइटनरले नेपालको अर्थतन्त्रमा पनि सकारात्मक परिवर्तन ल्याउन उत्प्रेरक बनेको कम्पनीको भनाइ छ। स्थानीय रूपमा उत्पादन भएको दूधलाई प्रशोधन गरेर, देशको आयातमा निर्भरता घटाउन महत्त्वपूर्ण भूमिका खेलिरहेको र नेपालको कृषि उद्योगको विकासमा टेवा दिइरहेको कम्पनीले जनाएको छ। डिलाइट केवल डेरी ह्वाइटनर मात्र नभएर, यो देशको आर्थिक क्रान्तिको अभिन्न हिस्सा बनेको कम्पनीको भनाइ छ।
डिलाइट डेरी ह्वाइटनर ४०० ग्राम प्याकको ४ सय ७० रुपैयाँ र ८०० ग्राम प्याकको ९ सय रुपैयाँ उपभोक्ता मूल्य तोकिएको कम्पनीले जनाएको छ।