दुर्घटनामा घाइते भएका मजदुरको मृत्यु

दुर्घटनामा घाइते भएका मजदुरको मृत्यु
सुन्नुहोस्

विराटनगर : कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका-१ मा दुर्घटनामा परेर घाइते भएका आरती स्ट्रिप्स नामक उद्योगका मजदुरको मृत्यु भएको छ। 

प्रहरीका अनुसार दुर्घटनामा परेर घाइते भएका भारतको बिहान घर भइ मोरङको आरती स्ट्रिप्स नामक उद्योगा कार्यरत ४५ वर्षीय दीपक शर्माको मृत्यु भएको हो। उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १-०२-०४५ प ४७७४ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेका शर्मालाई सोमबार साँझ ठक्कर दिएको प्रहरीले जनाएको छ। 

गम्भीर घाइते भएका उनलाई उपचारका लागि बूढीगंगाकै विराट शिक्षण अस्पतालमा भर्ना गरियो। उपचारका क्रममा बुधबार बिहान १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पतालमा पठाइएको छ। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.