नुवाकोट उपनिर्वाचनका लागि सुरक्षाकर्मीसहित पाँच सय कर्मचारी

नुवाकोट उपनिर्वाचनका लागि सुरक्षाकर्मीसहित पाँच सय कर्मचारी
सुन्नुहोस्

नुवाकोट : मंसिर १६ गते नुवाकोटको ककनी गाउँपालिका २ को वडाध्यक्ष पदमा निर्वाचन हुँदैछ। वडाध्यक्षका लागि दलका ९ र दुई स्वतन्त्र गरी ११ जनाले उम्मेदवारी दिएका छन्। 

त्यस्तै उपनिर्वाचनका लागि नुवाकोटमा प्रहरी, सशस्त्र प्रहरी र सरकारी कर्मचारीसमेत गरी पाँच सय कर्मचारी परिचालन गरिएको छ। उपनिर्वाचन सभ्य, स्वच्छ र निष्पक्ष सम्पन्न गर्न सुरक्षा व्यवस्था चुस्त पारिएको वाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले बताए। उनका अनुसार उपनिर्वाचनको तयारी तीव्र रूपमा भइरहेको छ। 

वडाध्यक्ष पदको उपनिर्वाचनका लागि दुई स्थानमा चार मतदान केन्द्र कायम गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। 

 
वडाध्यक्ष पदका लागि कांग्रेसको तर्फबाट सुर्य तामाङ, एमालेबाट यमबहादुर लामा, माओवादी केन्द्रको तर्फबाट कृष्ण घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट मंगलसिद्धि लामातामाङ, एकिकृत समाजवादीका मानवहादुर लामा, राप्रपाका खेमवहादुर थापा, नागरिक उन्मुक्ति पार्टीका तर्फवाट अमृत तामाङ, मंगोल नेशनल अर्गनाइजेसनको तर्फवाट किरण तामाङ, नेककिपाकी माइलीमाया तामाङ तथा रमेश पुडासैनी र सोनु तामाङले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.