असभ र ज्याक्सको जोडी पहिलो
काठमाडौं : नेपालका असभसम्राट हाडा र न्युजिल्यान्डका ज्याक्स रुपको जोडीले इमर्जिङ एथलिट्स जुनियर यू–१४ एसियाली टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–टुको ब्वाइज डबल्समा स्वर्ण जितेका छन्।
सातदोबाटोस्थित टेनिस कोर्टमा बुधबार भएको फाइनलमा असभ र ज्याक्सको जोडीले नेपालका बृजेश अर्याल र विश्वविषेश डल्लाकोटीको जोडीलाई ६–२, २–६, ११–९ ले पराजित गर्दै उपाधि जितेका हुन्।
गल्र्स सिंगल्समा सर्किट–वानकी विजेता शिभाली गुरुङले नेपालकी जोयाकुमारी जोशी तथा माल्दिभ्सकी अइसथ करिन सइजनले नेपालकी अनुश्री ध्वजुलाई हराउँदै फाइनलमा स्थान पक्का गरे। दुवैले प्रतिद्वन्द्वीमाथि समान ६–०, ६–० को सहज जित निकाले।
ब्वाइज सिंगल्समा न्युजिल्यान्डका ज्याक्सले बंगलादेशका मोहमद रकिन रहमनलाई ६–२, ६–१ र भारतका तनिस नन्दाले बंगलादेशका मोहमद हैदरलाई ६–०, ६–० को सोझो सेटमा पन्छ्याउदै सेमिफाइनलमा स्थान सुरक्षित गरे।