आउन थाले विदेशी खेलाडी

आउन थाले विदेशी खेलाडी
सुन्नुहोस्

काठमाडौं : यही शनिबारदेखि सुरु हुने नेपाल प्रियिमर लिग (एनपीएल) का लागि विदेशी खेलाडी नेपाल आउन थालेका छन्। बुधबार मात्रै काठमाडौं गोर्खाजका तीन, पोखरा एभेन्जर्सका चार र चितवन राइनोजका एक खेलाडी नेपाल आएका छन्।  

काठमाडौं गोर्खाजमा अनुबन्ध भएका इङ्ल्यान्डका अलराउन्डर डेनियल एलेक्जेन्डर डौथवेइट, ब्याटर स्टेफन इस्किनाजी र बलर नाथन सोउटर बुधबार नेपाल आएका हुन्। उनीहरूलाई काठमाडौं गुर्खाजका पदाधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। यससँगै काठमाडौं गोर्खाजले अनुबन्ध गरेका चारै जना विदेशी खेलाडी नेपाल आइसकेका छन्। यसअघि डच ब्याटर माइल लेभिट नेपाल आइसकेका छन्। 

कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन्।

बुधबार नै पोखरा एभेन्जर्सका चार विदेशी खेलाडी पनि काठमाडौं आइपुगेका छन्। नेदरल्यान्ड्सका बास डे लिड, स्कटल्यान्डका माइकल लिस्क, वेस्ट इन्डिजका रेमन रेइफर र इङ्ल्यान्डका म्याट क्रिट्ले नेपाल आइपुगेका हुन्। उनीहरूलाई पोखरा एभेन्जर्सका कर्णवीर थापाले विमानस्थलमा स्वागत गरेका थिए।

पोखराका पाँच विदेशी खेलाडीमध्ये आन्द्रेस गौस भने केही दिनपछि आउने पोखराले जनाएको छ। यसैगरी चितवन राइनोजमा अनुबन्ध भएका नामिबियाका ब्याटर जान निकोल लोफ्टी इटन पनि बुधबार नेपाल आएका छन्। उनलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चितवनका पदाधिकारीले स्वागत गरेका थिए।

यसअघि मंगलबार कर्णाली याक्सका दुई खेलाडी नेपाल आएका थिए। मंगलबार वेस्ट इन्डिजका चाडविक वाल्टन र हङकङका बाबर हयात नेपाल आइपुगेका हुन्। उनीहरूलाई कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए। यसैगरी सुदूरपश्चिम रोयल्सका इङ्लिस क्रिकेटर सेफ अलि जेब पनि नेपाल आइपुगेका छन्। सेफलाई बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टिम व्यवस्थापक रवि तिमल्सिनालगायतले स्वागत गरेका थिए। सुदूरपश्चिममा सेफका अलावा स्कटल्यान्डका ब्रान्डन मक्मलेन, न्युजिल्यान्डका स्कट कुगेलेइन र यूएईका रोहन मुस्तफा अनुबन्ध भएका छन्।

प्रतियोगिताको पहिलो संस्करण मंसिर १५ गतेदेखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन हुँदैछ। प्रतियोगितामा आठ टोलीको सहभागिता रहनेछ। जसमा कर्णाली याक्स, सुदूरपश्चिम रोयल्स, पोखरा एभेन्जर्स, जनकपुर बोल्ट्स, काठमाडौं गुर्खाज, चितवन राइनोज, विराटनगर किङ्स र लुम्बिनी लायन्सले प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताको उद्घाटन खेलमा विराटनगर र जनकपुर भिड्ने छन्। प्रतियोगिताको भारतीय टेलिभिजन स्टार स्पोर्ट्सले प्रत्यक्ष प्रशारण गर्नेछ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.