विद्यार्थीको सम्पूर्ण साथी ‘ब्रेमी’
काठमाडौं : सन् २०१९ मा लकडाउनका कारण मुलुक ठप्प थियो। बुटवलका रोहित सेन्चुरीलाई केही नयाँ कुरा गर्न पाए हुन्थ्यो जस्तो लाग्छ। ‘लेटस् स्टार्ट सम्थिङ’ विचार फुर्छ अनि, फेसबुकको वालमा पोस्ट्याउँछन्। लकडाउनमा घर बसेर दिक्क भएका बैतडीका दर्शन अवस्थीले रोहितको पोस्टमा कमेन्ट गर्छन्। दर्शनको कमेन्टले रोहितको ध्यान खिच्छ। उनले त्यसैलाई मन पराइदिए। सिभिल इन्जिनियरिङ गरिरहेका दुवैको विचार र मन मिल्यो। एकअर्काको म्यासेन्जरमा जोडिए, कुरा गर्न थाले। विचार साटासाट गर्ने र भेटघाट पनि गर्थे।
सिभिल इन्जिनियरिङ यी दुई युवा उनीहरूले पढेको क्षेत्रमा लागेको भए कुनै पूर्वाधार क्षेत्रको निर्माणमा जुटिरहेका हुन्थे। तर, उनीहरू अहिले सूचना प्रविधिमार्फत ‘ज्ञान’ को पूर्वाधार खडा गर्न अहोरात्र खटिरहेका छन्।
उनीहरूले इन्जिनियरिङ पढ्दै गर्दा आफू र आफूजस्तै विद्यार्थीका समस्या बुझेका थिए। अध्ययनका क्रममा रिफ्रेन्सको अभाव तथा कतिपय विषयको सर्वसुलभ ढंगले कोर्सबुक नै नपाउने समस्या पनि भोगेका थिए उनीहरूले। कहिलेकाहीँ लेख्दालेख्दै पढ्दापढदै अड्किनु परेको थियो उनीहरूलाई। त्यसैले उनीहरूले आफ्नो जस्तै समस्या अरूले भोग्नु नपरोस् भन्ने मनसाय र आईटीमा केही गर्ने सोच बनाएका थिए। तर, के गर्ने ? उनीहरूले मेसो भेटेका थिएनन्। भाग्य या संयोग जब रोहितको फेसबुक पोस्ट र दर्शनको कमेन्ट मेल खान्छ, तब लर्निङ प्ल्याटर्फ ‘ब्रेमी’को जन्म हुन्छ।
के हो ‘ब्रेमी’ ?
‘ब्रेमी’ एक टिचिङ म्याटेरियल्स् एप हो। जुन कक्षा १०, ११ र १२ का विद्यार्थी लक्षित गरी बनाइएको छ। जहाँ विद्यार्थीले आफूले चाहेका सबै प्रश्नहरूको उत्तर खोज्न सक्छन्। कोर्स बुकबाट जहाँको पनि प्रश्न सोधेर त्यसको उत्तर पाउन सकिने डिजिटल प्ल्याटफर्म हो, यो। जहाँ विगतका परीक्षाका प्रश्नहरू, मोडल सेटहरू, पुस्तक अभ्यास र नेपाली सेलेबसमा आधारित रही सोहीअनुसारको उत्तर पाउन सकिन्छ। यस्तै ‘ब्रेमी’ ले विद्यार्थीलाई राम्रो ग्रेड ल्याउन र राइट अपरच्युनिटिसँग कनेक्ट गराउने काम गर्छ। १२ कक्षापछिको उद्देश्य अनुसार विद्यार्थीको करिअरका लागि उपयुक्त हुने उपायहरू खोजी गर्न सहयोग पुर्याउँछ।
‘ब्रेमी’ संस्थापक रोहित यो एक टिचिङ म्याटेरियल्समा आधारित उत्तरपुस्तिका र गाइडमात्रै नभई विद्यार्थीको साथी भएको बताउँछन्। किनभने, ब्रेमीले विद्यार्थीलाई उनीहरूको सेलेबसमा मात्रै आधारित नरहेर उनीहरू कुन प्रश्नमा गएर अड्किएका हुन्, त्यो प्रश्नलाई इस्क्यान गरेपछि ‘ब्रेमी’ले उत्तर बताइदिने रोहित बताउँछन्। यसका लागि एआईलाई उत्तरपुस्तिका र विद्यार्थीहरूको नोटमा नै आधारित रही तयार पारिएको उनको भनाइ रहेको छ।
‘हामीले पढ्ने बेलामा भोगेको समस्याले गर्दा केही गर्नुपर्छ भन्ने हुटहुटी भयो,’ रोहितले भने, ‘त्यसैले पढाइलाई सहज बनाउन हाम्रो एपको एआईलाई कम्पिल्टली हाम्रै कोर्सको ढाँचाअनुसार ओरिएन्टेड र स्पेसिफिक परपोजमा डिफाइन गरेर टे«न गरेका छौं। त्यसैले यो पूरै नेपाली विद्यार्थीका लागि हाम्रै करिकुलमअनुसार तयार पारिएको लर्निङ प्ल्याटफर्म हो।’ यस्तै रोहितका अनुसार ‘ब्रेमी’ले विद्यार्थीको समय र मेहेनतलाई सदुपयोग गर्ने काम गर्दछ।
‘ब्रेमी’मा हाल देशका विभिन्न ठाउँका १५ हजारभन्दा बढी विद्यार्थीहरू आबद्ध भइसकेका छन्। ‘ब्रेमी’का टिममा उनी आफैं प्रोडक्ट म्यानेजरका साथै डिजाइन, युजर रिसर्च र डेभलपमेन्टर पनि हुन्, त्यससँगै केही फ्रिल्यान्सर, फुलटाइम डेभलप्सरस र मिक्स गरेर काम गरेको उनी सुनाउँछन्।
कसरी जन्मियो ‘ब्रेमी’ ?
पाँच वर्षअघि रोहित सिभिल इन्जिनियरिङको अन्तिम वर्षमा थिए, उनलाई सिभिल इन्जिनियर आफ्नो लागि नभएको र भविष्यमा आफूले सिभिल इन्जिनियरिङमा नभई अन्य फिल्डमा नै केही गर्छु भन्ने लागेको थियो। त्यो बेलामा पढाइका सिलसिलामा भारत आउनेजाने गरिरहन्थे, त्यहाँ सफ्टवेयर डेभलपिङ सिके। जसकारण उनमा जोश त पलाएको थियो, त्यसलाई मलजल गर्ने काम दर्शनको भेट र उपस्थिति गराइदियो। उनीहरूले भेटको एक वर्षमा नै केही नयाँ गर्ने प्लान गरिसकेका थिए। त्यसपछि यी दुई साथीले आफ्नै क्याम्पस र अरू क्याम्पसका विद्यार्थीसँग मिलेर पढाइ म्याटेरियल्स बनाउने काम गर्न थाले। उनीहरू यसका लागि दिनरात मेहेनत गर्न लागे। सा–साना म्याटेरियल्स कलेक्सनको स्टार्ट, विद्यार्थीसँग नोट लिने, शिक्षकबाट प्रश्नका नोट लिने र अरूको ब्लगबाट प्रश्न तथा उत्तर खोज्ने आदि जस्ता काम गरी एआईलाई त्यहीअनुसार टे«न गर्न थाले।
‘ब्रेमी’ मा विद्यार्थीका लागि चाहिने सम्पूर्ण कुराहरूलगायत त्यसलाई कतिसम्म प्रयोग गर्ने भन्नेबारे एआईलाई त्यहीअनुसार नै लिमिट सेट गरिएको रोहितको भनाइ छ।
‘विद्यार्थीको प्रश्नको उत्तर सरल भाषामा दिनलाई मान्छे नै बोलेको जस्तो भाव दिनलाई एआई बेसिस गरेको छौं भने, हामीले त्यसमा फिक्स नलेजबेस राखेका छौं, योभन्दा बाहिर गएर तिमीले उत्तर दिने होइन भन्ने खालको कमान्ड सेट गरिएको छ।
यस्तै ‘ब्रेमी’ टिचरहरूका लागि भने निःशुल्क बनाउने तयारी रहेको छ। ‘सहरका शिक्षकलाई यसको महŒव त्यति नहोला किनकि सबै किताब सबै ठाउँमा पुगेको हुन्छ, तर गाउँका शिक्षकहरूको हकमा त्यो भएको हुँदैन,’ उनले भने, ‘किताब नभएर के भयो, मोबाइल त हुन्छ, त्यसैले हामीले उहाँहरूलाई निःशुल्क उपलब्ध गराउछौं।
विद्यार्थीलाई क्रियाटिभ सर्पोट गर्न ‘ब्रेमी’
एआईएले मानिसको सिर्जनशील क्षमतामा असर गर्छ भन्ने प्रश्नमा उनी भन्छन्, हामी विद्यार्थीलाई क्रियटिभ सपोर्ट प्रदान गर्छौं। यदि उसले कुनै प्रश्नको फुल सेन्टेन्समा उत्तर खोज्छ भने, त्यो उसले टिचरले नोट बनाएको र उपलब्ध गराएको कन्टेन्टबाटै पाउँछ। जुन परीक्षामा प्रयोग गर्दा नम्बर काटिँदैन। तर, विद्यार्थीले मलाई यो होइन अलि क्रियटिभ चाहिएको हो भन्यो भने बल्ल अनलक गरेर क्रियटिभ उत्तर दिन्छ।
000
विश्वमा सन् २००० बाट नै एडटेक सुरु भएको थियो। तर नेपालमा सन् २०१२ बाट यसको सुरुवात भएको हो। जति पनि एडटेकहरू हेर्यो भने टु सी फ्याक्टरमात्रै आउँछ। पहिला एडटेक आउने बेलामा २ सी फ्याक्टर हुनुपर्छ भन्ने थियो। जसमा एउट सी भनेको सर्टिफिकेसन र अर्को कन्टेन्ट हो। यो १०, १२ वर्षसम्म नै चल्यो। पछि अर्को सी कोल्याभ्रसन आयो। त्यो भनेको अलिअलि सपोर्ट पनि मिलोस् भनेर कोचिङ जस्तो भयो। र अहिले त्यो ४ सी मा डेभलप भएको छ। सर्टिफिकेसन, कन्टेन्ट, कोल्याभ्रसन (जसको डेफिनेसन परिवर्तन भएको छ) र कमिटी भनेर आएको छ। र यही ४ सी फ्याक्टरमा रहेर ‘ब्रेमी’ काम गर्छ।
‘ब्र्रेमी’को नयाँ प्रयास
अहिले एडटेकमा गाह्रो भनेको विद्यार्थीको पेसस्क्राइबको कुरा हो। विद्यार्थीले सस्क्रइब नगर्नु नै ठूलो समस्या बनेको छ। विद्यार्थीले किन सस्क्राइब गर्दैनन् भने उनीहरूलाई त्यसको बारे कुनै जानकारी नै छैन या आवश्यकता नै परेको छैन। त्योप्रति उनीहरूको रुचि नै छैन। त्यसै कारण ‘ब्रेमी’ का सञ्चालक विद्यार्थीसँग नै बसेर उनीहरूको आवश्यकताअनुसार काम गरिरहेका छन्। ‘‘ब्रेमी’लाई हामीहरूले स्यास मोडलमा बनाएका छौं। त्यसकारण केही पछि मात्रै मार्केटमा जाने भनेर भनिरहेका छौं। अनि ‘ब्रेमी’ खासमा के हो र यसको फुल फर्म के हो भन्ने लाग्न सक्छ। यसको स्पेलिङ ‘बिआरएआईएमवाई’ मतलब ‘योर्स ब्रेभ एम्स’ हुन्छ। र ‘ब्र्रेमी’ले १० ,११, १२ लाई विशेष ध्यानमा राखेका छौं। र विद्यार्थीले हामीलाई ब्याचलरर्सको पनि चाहियो भन्यो भने हामी त्यो बारेमा पनि सोच्ने छौं ’ अर्का कोफाउन्डर दर्शन अवस्थीले भने।
‘ब्रेमी’लाई यस वर्ष टेस्टमा नै राख्न चाहेको छन् उनीहरूले। उनीहरूलाई धेरै विद्यार्थीभन्दा थौरे विद्यार्थी भएको राम्रो हुने दर्शन बताउँछन्।
‘हाल अहिले पब्लिक भएर बाहिर आएका छैनौं। हामी यो वर्ष कम्पिलट टेस्टमा नै छौं। वास्तवमा हाम्रो लागि धेरै विद्यार्थीभन्दा थौरे विद्यार्थी भएको राम्रो हुन्छ। जब हामीले स्टार्ट गर्ने बेलामा धेरै मासमा मान्छे नलिने भनेर सुरुवात गरेको थियो, ओइटिङ लिस्टको कन्सेप्टमा क्रियट गरेको थियो, कसैले अकाउन्ट बनाउन सक्दैन, इन्भाइट गरेर मात्रै आउन मिल्थ्यो, त्यो बेलामा हामीले दुईओटा भाइलाई मात्रै इन्भाइट गरेको थियो, अनि पछि उनीहरूले बोलाएर आयो भने आयो, नभए १५ सयभन्दा बढी नबनाउने हाम्रो मनसाय थियो, किनकि हामीलाई विद्यार्थीसँग बसेर कुरा गर्नु थियो, डेटा बनाउनु थियो। तर म्याजिकल्ली के भयो भने १० हजार विद्यार्थी आए, र ६ हजार जना विद्यार्थी ओइटिङ लिस्टमा राखेको हो।’ दर्शनले भने।
कस्तो छ सब्सक्रिप्सन ?
नेपालको सन्दर्भमा हेर्ने हो भने पर क्लास र प्रत्येक विषय हेर्नेे हो भने ५ हजार देखि २५ हजार रुपैयाँसम्म पर्न आउँछ। तर, ‘ब्रेमी’को विद्यार्थीलाई अपरच्युनिटीसँग चिनाउने काम हो, जसकारण ‘ब्रेमी’को सब्सक्रिप्सन महँगो नभएको दर्शनको भनाइ छ।
‘हाम्रो सब्सक्रिप्सनको एउटा मोटिभ पावर रहेको छ। र त्यो मोटिभ पावर भनेको विद्यार्थीको परचेजिङको पावरभित्र हुनु पर्यो भन्ने हो। उनीहरूको परिवारसँग जानै नपारोस् बुबा यो किनिदिनु भन्नै नपारोस् भन्ने हो। र हामी यो सँगै सिंगल ससक्रिप्सन मोडलमा गइरहेका छौं। जस्तैः १० पढ्ने विद्यार्थीले ११, १२ को पनि दुवै हेर्न मिल्ने र खोज्न मिल्छ, तर, त्यसलाई वर्षमा रिन्यु भने गर्नुपर्छ।’ रोहित भन्छन्।
000
जतिबेला ‘ब्रेमी’ लन्च भयो, त्यो समयमा इन्भाइट ओन्लीमात्रै अप्सन थियो। र मेन फोकस विद्यार्थीले जे खोज्यो, त्यो पाउनुपर्यो भन्ने फोकस रहेको थियो। र त्यसको लागि नेपालका ५० वटा कलेजबाट कलेज एमबास्डर समेत एपोइन्ट गरेको थियो। विद्यार्थीले अरू कार्यहरू कुरामा समेत फोकस गर्न पाओस् र ‘ब्रेमी’ले चाहिने कलेज एमबास्डर एपोइन्ट गरेको थियो। तर, सीमित मानिसको लागि मात्रै बनाइएको ‘ब्रेमी’मा १० हजार विद्यार्थी सहभागी भए। जसमध्ये ६ हजार विद्यार्थी वोइटिङ लिस्टमा रहे। र हाल त्यही कुरालाई लिएर ‘ब्रेमी’ले ८० भन्दा बढी कलेजमा एमबास्डर एपोइन्ट गरेको दर्शनले बताए।
यससँगै दर्शन ‘बे्रमी’ विद्यार्थीलाई इस्कयान गर्दा टेस्क्टमात्रै प्रोभाइड नगराएर उनीलाई विभिन्न अपरच्युनिटिसँग परिचित गराएको बताउँछन्।
‘हामी विद्यार्थीलाई इस्क्यान गरेर नआएको प्रश्नहरूको उत्तर दिइरहका हुन्छौं। कुनै प्रश्नको उत्तर नआउँदा कुन ‘ब्रेमीले विद्यार्थीलाई किताबको कुन च्यापटर र कुन स्लेबसबाट आएको हो भनेर खोजिरहनु पर्दैन, त्यससँगै थेउरी, एक्जामपल हेर्ने जस्ता कुराहरू गराएर दुई सय पानाको किताबबाट खोज्नुपर्ने कुरालाई ‘इजी टु एक्सेस’ बनाएको छ। यसमा बेसिकल्ली पाँच लाखभन्दा बढीका डाटा बेस प्रश्नहरू छन्, त्यसलाई विशेषगरी एन, ई बी फोकस गरेर बनाएको हुनाले विद्यार्थीलाई सहयोग पुर्याउँदै आएको छ। यस्तै ब्रेमीमा आफू नजानेका प्रश्नको उत्तर एआईमात्रै नभई अरूहरूले गर्न मिल्ने सुविधा रहेको छ।
दर्शन भन्छन् ‘हामीले हाम्रो एआईलाई ट्रेन कसरी गरेका छौं र यसले त्यहीअनुसार उत्तर दिन्छ। विद्यार्थीले प्रिफर गरेर ओभर गरेका जति पनि कुरा सर्च गर्दा त्यसको उत्तर आएन र स्क्यान गर्दा पनि त्यसको उत्तर आएन अथवा त्यसको डिफ्ररेन्ट तरिकाले आयो अथवा उसले चाहेको तरिकाले आएन भने समस्या छैन। हामीसँग तीनओटा मेथड छ तर एआईले त्यो दिएको मेथड उसलाई चाहिएको छैन भन स्टुडेन्टले त्यहाँ एउटा फोरम छ र त्यही सोध्न सक्नुहुन्छ त्यसको उत्तर एआईले पनि दिन सक्छ अथवा त्यहाँ हुनुभएका स्टुडेन्टहरूले हाम्रो प्ल्याटफर्ममा भएका टिचरहरूले पनि एन्सर दिन सक्नुहुन्छ। किनकि त्यहाँ उत्तर लेख्न र पब्लिकली डिस्कस गर्न पनि पाइन्छ।’
यसैगरीे रेकोमोन्डेसन बिल्डअपको लागि ‘ब्रेमी’ले विद्यार्थीले अनबन्डिङ गर्दा आफ्नो प्रिफयबल विषयअनुसार क्राइटेरिया चुज गर्न सक्छ र प्रिफेन्स सेट गर्न सकिनेछ। र प्ल्याटर्फम भित्र आइसकेपछि त्यो परिवर्तन गर्न पनि सकिन्छ। र प्रिफेन्सअनुसार कन्टेन्टसमेत फिल्टर गर्न सकिन्छ। जसलाई हाइपर पर्सनालिजम भनिन्छ। जसको लागि ‘ब्रेमी’ले नाम, गे्रड, फ्याकल्टी, विषय, टपिक आदिमा आधारित रहेर काम गर्दछ। यस्तै ‘ब्रेमी’ले प्ल्याटर्फममा एक्टिभ भइरहने विद्यार्थीका लागि केही रिवार्ड दिने तथा लर्निङको नयाँ कन्सेप्ट ल्याउने योजना रहेको दर्शन बताउँछन्।
‘विद्यार्थीको पढाइप्रतिको बानी बिग्र्रन नदिनका लागि हामीले हाम्रो प्ल्याटर्फममा दैनिक सटेन टाइम स्पेन्ड गर्नेहरूलाई हाम्रो नियमअनुुसारको रिवार्डको र लर्निंङको लागि नयाँ कन्सेप्ट इप्लिमेन्ट गरेका छौं।’ उनले भने, ‘जस्तै– कसैले फोरुमा कसैले प्रश्न सोधेको छ भने, अरूले सोधेको प्रश्नले मलाई के फाइदा हुन्छ र त्यसको उत्तर दिने भन्ने हुन्छ र दिँदैन। सो त्यसको उत्तर दिएबापत त्यसको यति पोइन्ट पाउँछ। र त्यो पोइन्टलाई उसले अरू कुरामा लगाउन पाउँछ। र विद्यार्थीलाई पढ्ने बानी बसाल्न स्ट्रिक दिने र कति पढेको छ भन्ने थाहा पाउनका लागि पनि स्ट्रिक दिने बनाएका छौं।
यस्तै ‘ब्रेमी’मा विद्यार्थीलाई पढ्ने सामग्री पुगेको छैन भने एआईसँग नै बसेर कुरा गर्न मिल्छ। र टिचरलाई जस्तै गरी सोधेर कुरा गरेर उत्तर लिन सकिन्छ।
‘ब्रेमी’ एडटेक प्ल्याटर्फमभन्दा पनि लाइफस्टाइल एप भएको रोहित बताउँछन्। किनकि मानिसको जीवनको अन्त्यसम्म भइरहने काम भनेको पढाइ नै हो।
औपचारिक रूपमा नहोला तर कअनैपचारिक रूपमा पढिरहेको हुन्छ। तर, थाहा भइरहेको हुँदैन। त्यसकारण पढ्ने भन्नेबित्तिकै ‘ब्रेमी’ भन्ने होस्।