प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढ्यो
काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहीबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.७६ अंकले बढेर २७५७.१३ विन्दुमा अडिएको छ।
प्रि ओपन सेसनमा ७१ वटा स्क्रिप्सको १९ हजार ८८५ हजार १ करोड ८ लाख ९४ हजार ३४४ रुपैयाँको सेयर खरिदबिक्री भयो।
कारोबारमा आएकामध्ये ४० वटा स्टक्सको मूल्य बढ्दा २२ वटाको घट्यो। ८ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो।