हराएका २७ वटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण

हराएका २७ वटा दुई पाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
सुन्नुहोस्

काठमाडौं : विभिन्न मितिमा हराएका २७ वटा दुई पाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बीच कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले १८ वटा मोटरसाइकल र ९ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गरेका हुन् । 

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काभ्रेपलाञ्चोक,कोटेश्वर,गौशाला,नयाँबसपार्क,सोह्रखुट्टे,मालिगाउँ,मंगलबजार,गोकर्ण,नगरकोट,थली र बुद्धनगरलगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । 

आज बुझाइएका २७ वटासहित २१० वटा सवारी साधन साउन महिनादेखि आजसम्म ट्राफिक प्रहरीले धनीलाई जिम्मा लगाइसकेको छ । चोरीका २२ वटा दुई पाङ्ग्रे सवारी साधनसहित चोरीमा संलग्न ३२ जना व्यक्तिलाई पनि आवश्यक कारवाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ ।

आज बुझाइएका २७ वटा सवारी साधनहरू हराएको भनी विभिन्न मितिमा निवेदन परेका थिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.