निजी क्षेत्रको सहकार्य बिना आर्थिक क्षेत्रको समस्या समाधान हुनसक्दैन : मन्त्री भण्डारी

निजी क्षेत्रको सहकार्य बिना आर्थिक क्षेत्रको समस्या समाधान हुनसक्दैन : मन्त्री भण्डारी
सुन्नुहोस्

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको सहकार्य बिना आर्थिक क्षेत्रका समस्या समाधान गर्न नसकिने बताएका छन्। भृकुटीमण्डपमा आजदेखि सुरु भएको प्लाष्ट नेपालको चौथो तीन दिने प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले पूँजी बजारमा निजी क्षेत्रको उपस्थिति बढाउनुपर्नेमा जोड दिए। मन्त्री भण्डारीले नेपालको निजी क्षेत्रलाई सरकारले आर्थिक क्रियाकलापमा समेट्न खोजेको बताए।

पछिल्लो समय आर्थिक सूचकाङ्हरूमा सुधार देखिएको उल्लेख गर्दै उनले उद्योग व्यवसायसँग सम्बन्धित बाधक विभिन्न कानुन परिमार्जनका लागि सरकारले तयारी गरेको बताए। 'पुँजी बजारलाई बढाउनुपर्ने छ। स्वदेशी उत्पादन बढाउनुपर्ने छ। व्यापार घाटा न्यून गर्नुपर्ने छ। नविनतम प्रविधि भित्र्याउनुपर्ने छ। आयात प्रतिस्थापन गर्दै निर्यात बढाउनुपर्ने मुख्य चुनौती हाम्रा सामु छन्,'मन्त्री भण्डारीले भने,'उद्योग व्यवसायसँग सम्बन्धित बाधक विभिन्न कानुन परिमार्जनका लागि सरकारले तयारीमा छौं।'

अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि उच्चस्तरीय विज्ञ सम्मीलित समिति गठन गर्दै अर्थतन्त्र सुधारका कार्ययोजना तयार गरेको र त्यसमा नीजि क्षेत्रलाई पनि सहभागीता गराइएको बताए।

स्वदेशी लगानीकर्तालाई उत्साहित हुने गरेर सरकारले सुविधा दिइने उनको भनाइ छ । नेपालमा लगानीमैत्री वातावरण रहेको उल्लेख गर्दै उनले समग्र उद्योगी व्यवसायीलाई नेपालमा लगानी बढाउन आग्रह गरे। 'सरकार मेरो छ,म उद्योग चलाइरहेको छु,सरकार साथमा छ भन्ने महशुस अहिलेको सरकारले गराउन खोजेको छ,'मन्त्री भण्डारीले भने।

उद्योग मन्त्रालयमा सुधारका कार्य गर्नका लागि पहल भइरहेको उनले जानकारी दिए । मन्त्री भण्डारीले छिट्टै लगानीका क्षेत्रमा देखिएका समस्या सुधारका लागि वर्तमान सरकारले पहलकदमी अगाडि बढाउने बताए । 

–––


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.