बंगलादेशमा इस्कोनमाथि प्रतिबन्ध लगाउन माग

बंगलादेशमा इस्कोनमाथि प्रतिबन्ध लगाउन माग
विद्यार्थी आन्दोलनका संयोजक हसनत अब्दुल्ला।
सुन्नुहोस्

बंगलादेशको भेदभाव विरोधी विद्यार्थी आन्दोलनले देशमा इस्कोन (इन्टरनेशनल सोसाइटी फर कृष्णा चेतना) लाई प्रतिबन्ध लगाउन माग गरेको छ।

ढाका ट्रिब्यूनका अनुसार बुधबार इस्कोनमाथि प्रतिबन्ध लगाउन र वकिलको हत्या प्रकरणमा दोषीमाथि कारबाही गर्न माग गर्दै कानुनी सूचना जारी गरिएको थियो।

१० जना वकिलको तर्फबाट गृह मन्त्रालय, कानून तथा न्याय मन्त्रालय र प्रहरी महानिरीक्षकलाई यो सूचना पठाइएको समाचारमा जनाइएको छ ।

यसमा इस्कोनलाई कट्टरपन्थी समूह भएको र साम्प्रदायिक अशान्ति फैलाएको आरोप लगाइएको छ।

बीबीसीका अनुसार विद्यार्थी आन्दोलनका संयोजक हसनत अब्दुल्लाले इस्कोनलाई 'आतंकवादी समूह' भनेर वर्णन गर्दै त्यसमाथि प्रतिबन्ध लगाउन माग गरे।

अब्दुल्लाले भने, 'हाम्रो देशमा सबै धर्म सद्भावमा बस्छन्। हामी सबैको अधिकारको रक्षा गर्न काम गर्नेछौं। तर धर्मको नाममा चल्ने चरमपन्थी संगठनहरूले बंगलादेशमा एक इन्च पनि ठाउँ पाउने छैनन्। सैफुलको निर्ममतापूर्वक हत्या गरिएको थियो । यो इस्कोन आतंकवादी समूहको रूपमा प्रतिबन्धित हुनुपर्छ।'

बंगलादेशको चटगाउँस्थित इस्कोन मन्दिरसँग सम्बद्ध चिन्मय कृष्ण दासलाई पक्राउ गरी जेल हालिएपछि वातावरण तनावपूर्ण बनेको छ ।

चिन्मय कृष्ण दासलाई जेल पठाइएकोबाहेक ३२ वर्षीय वकिल सैफुल इस्लामको मंगलबार चटगाउँ अदालत परिसरमा हत्या भएको थियो । त्यसयता उक्त क्षेत्र तनावग्रस्त छ ।

भारतले चिन्मय कृष्ण दासलाई जेल पठाएको विषयमा भारतले आपत्ति जनाएको थियो। यसलाई भारतले बंगलादेशमा हिन्दू र अन्य अल्पसंख्यकमाथि भइरहेको दमन भनेको थियो। 

जवाफमा बंगलादेशले भारतले आफ्नो आन्तरिक मामिलामा हस्तक्षेप गरिरहेको बताएको छ । बीबीसी


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.